प्रताप रानामगर
काठमाडौं । चरित्र निर्माण संघका अध्यक्ष स्वामी कल्याण मित्रलाई बधाई तथा स्वागत कार्यक्रम पासुपत योग अभ्यास केन्द्र पशुपतिमा सम्पन्न भयो । उक्त कार्यक्रममा भ्रमणको उद्देश्य एवं भ्रमणमा भएका विभिन्न कुराको जानकारी उपस्थित महानुभाबहरुलाई दिनुभयो । श्री १००८ स्वामी विशुद्धदेवज्यूले स्थापना गर्नुभएको यस चरित्र निर्र्माण संघको उद्देश्य अनुरुप स्वामी बिशुद्धदेवज्यूले नै रचना गर्नुभएको चरित्र विज्ञान नामक ग्रन्थको सार ‘सर्वमुलम चरित्रम’ भन्ने मुल नारालाई नै विश्वमा व्यापक गर्ने नै यस भ्रमणको मुल उद्देश्य हो । यही २०८० को सुरुवातदेखि यस अभियानको पूर्व तयारी गरी ४५ दिनको लामो देश भ्रमण कार्यक्रम सञ्चालन भएको हो । भ्रमणको क्रममा संखु पनौती काभ्रेबाट प्रस्थान गरी सिन्धुली, जनकपुर, धरान, विराटनगर, झापा, कैलाली, कन्चनपुर, धनगढी, पोखरासमेत विभिन्न जिल्लाहरुमा चरित्र निर्माण संघकोबारे जानकारी दिई योग, ध्यान कार्यक्रमहरु सञ्चालन गरिएको थियो । ती कार्यक्रमहरुमा स्थानीय धेरै भक्तजनहरु, समाजसेवीहरु, सन्त साधु महन्तहरुले उल्लेखित कार्यक्रमहरुमा उत्साहपूर्वक भाग लिनुभएको र टोलीलाई स्वागत सत्कार गरिएको कुरा पनि स्वामी कल्याण मित्रज्यूले जानकारी दिनुभयो । 
आजको यस कार्यक्रममा महात्मा शुशील, चरित्र निर्माण संघका पदाधिकारीज्यूहरु एवं अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 
स्मरणरहोस् स्वामी कल्याण मित्र पहिले विश्व शान्ति ध्यान केन्द्रको अध्यक्ष रहनुभएको बेला केही वर्ष पहिले उक्त ध्यान केन्द्रका उपाध्यक्ष डा इन्दुल केसीद्धयले यसरी नै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गरी विभिन्न स्थानमा योग, ध्यान, प्राकृतिक उपचार सेवा पुरयाई पनि स्वामी कल्याण मित्रको मानसपतलमा सधै रहिरहेको कुराको जानकारी पनि दिनुभयो ।     

...

All Comments.......


Please Login/Register To Comments