लास
  • Post Date 2023-06-19 00:57:30

जीवनाथ अधिकारी

म¥यो यो लास रे भन्थे ठोक्यो बजेट भाषण
मनुष्य जिउँदामाथि गर्दै छ अझ शासन ।
गजघुम्म छ कुर्सीमा छोड्दै छोड्दैन आसन
जनता जो मरे मर्छन् कर थप्तै छ रासन

माइतीघरमा पुग्छन् आन्दोलन जगाउँछन्
पिरका भारले मान्छे ब्युँझी ब्युँझी झकाउछन् ।
गर आन्दोलन भारी मर भन्दै थकाउँछ
चुनावी खालका जालभित्रै मान्छे छकाउँछ

मान्छेको खोल ओडेर मान्छेलाई नकार्दछ क्षुधा – तृष्णा भए धेरै माथि हेरी खकार्दछ ।
 मुडकट्टा भनौँ हेर्दा शिर देखिन्छ मास्तिर
कान आँखा सबै बन्द   घस्रिँदै छ निरन्तर

पैताला चाट्छ कुत्ताको कुत्ता ¥याल चटाउँछ
बन्धुमा घात बर्साई कुत्ता शिर चढाउँछ
लास हो सिर्जनाकर्म देखी देखी सहन्न त्यो
खासमा लासका भित्र मनुष्यत्व रहन्न हो

घाटमा नपुगेसम्म तृष्णाको ¥याल बोक्तछ
ज्युँदो देखाउना निम्ति मरेको स्याल बोक्तछ
कोखाका दाँतले जैले विषवाण बनाउँछ
सिनो च्यापेर काखीमा दुङ्ङ दुङ्ङ गनाउँछ

कस्तो लास चढ्यो माथि नेपाली शिरमा अब
काउछो कसरी फाल्न होला के अब सभ्भव
जता छुन्छ उतै हाम्रो चिल्चिलाउँछ यो तन
दुनियादारमा लास नित्य बन्दै छ   रञ्जन

सही मिथ्या नछुट्याए अस्तित्व पनि सुक्तछ
मुसो कुकुर भै जैले हात्तीका सामु भुक्तछ
लास सुकर्ममा सुक्छ जीव निर्जीव पार्दछ
नउठे कर्मका बाला कोपिला सब मार्दछ ।
...

All Comments.......


Please Login/Register To Comments