भक्तपुर । भक्तपुरस्थित विश्वप्रसिद्ध पाँंततल्ले (ङातापोल) मन्दिरको सोमबार वर्षगाँंठ मनाइएको छ । यसलाई स्थानीय नेपाल भाषामा ङातापोल देयया बुँंसदा अर्थात् पाँंचतल्ले मन्दिरको जन्मदिन भनिन्छ । । यस अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी देवीको पूजाआजा गरिएको छ । साथै मन्दिरको गजुरमा झण्डोतलन गरिएको छ । झण्डात्तोलन वर्षेनी असार शुक्ल प्रतिपदा अर्थात् जन्मदिनको दिन गरिन्छ । 
मन्दिर तीन सय २१ वर्ष पुगेको अवसरमा वर्षगाँठ मनाइएको हो । तीन सय २० वर्ष पूरा गरी मन्दिर तीन सय २१ वर्षमा पुगेको हो । नेपाल सम्वत् आठ सय २२ मा राजा भूपतिन्द्र मल्लले असार शक्लपक्ष प्रतिपदाका दिन पहिलो वर्षगाँंठ पूजा गरिएको इतिहास रहेको छ । 
वर्षगाँंठको अवसरमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरकै तुछिमला टोलका अवाल थर भएका मानिसहरु सलंग्न रहेका थिए । उनीहरुले मन्दिरको माथिल्लो तल्लाको गजुरमा पुगेर झण्डा हालेका थिए । मन्दिरको भित्रभित्र हुँदै उनीहरु मन्दिरको गजुरसम्म पुगेका थिए । मन्दिरको प्रत्येक तल्लामा भएका प्वालप्वाल हुँंदै उनीहरु टुप्पोमा पुगेका थिए । (हेर्नुहोस् तस्वीर)
साँस्कृतिवृद् ओम धौभडेल ङातापोल (पाँचतल्ले) मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झन्डोत्तोलन गरिने चलन चलेको बताउँछन् । मन्दिर नेपाल संम्वत् ८२२ पौष शुक्ल नवमीमा जग राखेको थियो । मन्दिरको छाना बनाउने काम तुछिमलाका अवालहरुले गरेकोे किम्वदन्ती छ । त्यही कारण प्रत्येक वर्ष तुछिमलाका टोलका अवालेहरु त्यस कार्यमा लाग्ने गरेको उनी सुनाउँंछन् । 
टौमढी टोलका भैरव डरलाग्दो, रिसाहा र घमण्डी भएकाले उनलाई शान्त पार्न भैरवको अगाडि सिद्धिलक्ष्मी स्थापना गरिएको बताइएको छ । मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणले बनाइएको बताइएको छ । सिद्धिलक्ष्मी देवतालाई तान्त्रिक देवता तथा शक्तिको देवी, शक्तिको प्रतीक मानिन्छ । 
नेपालकै सवैभन्दा अग्लो यो मन्दिर वारम्वारको भूकम्पकावीच पनि बाँंचिरहेको छ । पछिल्लो २०७२ सालको महाभूकम्पमा पनि यो मन्दिरमा देखिने गरी क्षति पुगेको थिएन । समयसमयमा मर्मतसुधार भइरहने भएकाले मन्दिरमा क्षति हुन नपाएको विज्ञहरु बताउँंछन् । 
पछिल्लो पटक पनि २०७२ सालको महाभूकम्पपछि मन्दिरको जिर्णाेद्धार गरिएको थियो । भक्तपुर नगरपालिकाले स्थानीय जनताको जनश्रमदान सहयोगमा मन्दिरको माथिल्ला दुईतीन तल्लाहरु जिर्णाेद्धार गरेको थियो । 
तस्वीर ः शिवकृष्ण याकामी 

...

All Comments.......


Please Login/Register To Comments