विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोग (कोविद १९)का कारण मुलुक लकडाउनको अवस्थाबाट गुज्रिरहेको वर्तमान परिप्रेक्षमा संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारको निर्देशनलाई उद्यमी व्यवसायीले जिम्मेवारी पूर्वक निर्वाह गर्दै आएका छौं । एकातिर लामो समयदेखि उद्योग व्यवसाय बन्द छ भने अर्काेतर्फ अझै लकडाउन कहिले खुल्ने हो भन्ने निश्चित भईसकेको छैन । यसैबीच कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको निजीक्षेत्रले सरकारबाट राहत प्याकेजहरुकोे अपेक्षा गरेको अवस्थामा झनै विभिन्न समयसिमा तोकी कर तिर्नु भनी गरेको ताकेताले हामी निजी क्षेत्रका उद्यमी व्यवसायी अझ हतोत्साहित र मर्माहत बनेका छौं ।
आर्थिक वर्ष २०७७÷०७८ को बजेत वक्तव्यले समेत निजी क्षेत्रलाई उपेक्षा गरिरहेको भन्ने महसूस गर्न सकिन्छ । निजी क्षेत्रले भोग्नु परिरहेको कठिनाईलाई पूर्णरुपमा वेवास्ता गर्दै सरकारले कोरोना रोकथामका लागि भन्दै खाली लकडाउनको समय थप्ने बाहेक अर्काे विकल्प देखेको पाइएन । यस्तो परिस्थितिमा हालकै शैलिमा लकडाउन पालना गर्ने धैर्य र संयमता हामी निजीक्षेत्रमा अब नरहेको प्रष्ट पार्न चाहन्छौं ।
उद्योग व्यवसाय सञ्चालन नहुंदा आय आर्जन थप्प भएको समयमा शुरुमा जेष्ठ २५ गते भनिएको र पछि पुनः आषाढ ७ गतेभित्र कर तिर्नु भनी सुचना जारी भएकोमा सरकारले तोकेको मितिमा कर बुझाउन हामी उद्यमी व्यवसायी पूर्णतः असमर्थ छौं । अहिलेकै परिस्थितिमा कुनै पनि हालतमा कर दाखिला गर्न नसकिने अवस्था छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको कर विवरण तथा कर बुझाउने सम्बन्धि सार्वजनिक सूचना प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । अतः यस सम्बन्धि निर्णय तत्काल फिर्ता लिनु पर्दछ भन्ने संघको धारणा रहेको छ । साथै लकडाउनकै बीच सामाजिक दूरी कायम गरी सम्पूर्ण उद्योग व्यवसाय सञ्चालन गर्न सकिने वातावरण तयार पार्न पनि संघ जोड्दार माग गर्दछ ।1...

All Comments.......


Please Login/Register To Comments