भक्तपुर । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुर र स्पोर्टस् फर अल कमिसन नेपालको आयोजनामा विहीबार भक्तपुरमा भएको उपत्यकास्तरीय बक्तृत्वकला प्रतियोगितामा ग्लाड स्टोन एकेडेमीका निम्ता भट्टराई प्रथम हुन सफल भएकी छिन् । दोश्रो स्थान केएमसी स्कुल शंखमुल काठमाडौंका युशान पाठक र तेश्रो स्थान विनायक शिक्षा निकेटन स्कुल मध्यपुर थिमिका अमृता घलेले सुरक्षित गर्न सफल भए । प्रथमलाई स्वर्ण पदक तथा प्रमाणपत्र, द्धितीयलाई रजत पदक तथा प्रमाणपत्र र तृतीयलाई कास्य पदक तथा प्रमाणपत्र प्रदान गरेका थियो । साथै सहभागी सवै विद्यार्थी तथा विद्यालयहरुका लागि निम्ता प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगिताका विजयी विद्यार्थीलाई विहीबार नै आयोजकमध्येको एक स्पोर्टस् फर अल कमिसन नेपालका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले वितरण गरेका थिए । स्वस्थ्य र व्यावसायिक जीवनका लागि खेलकद् भन्ने विषयमा प्रतियोगितामा भएको थियो । प्रतियोगितामा काठमाडौ, भक्तपुर, ललितपुर र उपत्यका बाहिरका विभिन्न १२ वटा स्कुलका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी रहेको जनाइयो । एउटा स्कुलबाट वढीमा एकजना छात्र र एकजना छात्रा गरी वढीमा दुईदुई जनालाई मात्रै प्रतिस्पर्धामा सहभागी गराइएको थियो ।  

कार्यक्रममा आयोजक एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले अभिभावकहरुको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउने, अभिव्यक्तिगत क्षमतालाई वढाउन दिन, नानीमा आफूभित्र रहेको आत्मविश्वासलाई वढाउन दिन तथा कुनै पनि विषयमा दिएको सीमित समय अवधिमा केन्द्रित भई बोल्न सक्ने बनाउनेलगायतका उद्देश्यका साथ प्रतियोगिता गरेको बताए । कार्यक्रममा एभरेष्ट स्कुल व्यवस्थापन समितिका अध्यक्ष रागोपाल कर्माचार्य, स्कुलका प्रिन्सिपल कमला राजभण्डारी, शिक्षिका सीता खनाललगायतले प्रतियोगिताले विद्यार्थीको विकासमा सहयोग पुगेको विश्वास लिए ।

प्रतियोगितामा जीवनाथ अधिकारी, टीका श्रेष्ठ र दीनानाथ पोखरेल निर्णायक थिए ।   

...

All Comments.......


Please Login/Register To Comments