काठमाडौं । पूर्र्बी मकवानपुरको बागमती गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । २०८५ साल भित्र सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने अभियान अन्तर्गत बुधबार बागमती गाउपालिकाको परिसरमा बृहत कार्यक्रमको बीच कार्यक्रम गरिएको हो ।
घोषणा सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले यो पालिका भौतिक तथा खेलकुद बिकासमा उल्लेखनीय फट्को मारे पनि शिक्षा क्षेत्रमा बामे सर्दै गरेको अबस्थमा अबको दिनमा अनिबार्य तथा निःशुल्क शिक्षाको घोषणा पछि नयाँ चरणमा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो। अहिलेको शिक्षा प्रणालीमा प्रश्न उठिरहेको बेला अनिवार्य शिक्षा प्रदान गर्न चुनौतिका बीचमा पनि कार्यक्रम सफल गर्न सकेको उहाँको भनाई छ।
यस्तै बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले कार्यक्रमको घोषणा भएपनि कार्यन्वयन गर्न चुनौतीहरुको चाङ हुने बताउनुभयो । हाल यस पलिकामा बिद्यालय बाहिर रहेको २ सय ५० जना बालबालिकालाई बिद्यालयसम्म ल्याउने बाताबरण तय गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनु भयो। अभिवाकको समस्या, आर्थिक, सामाजिक समस्या र भौगोलिक समस्या के हो भनी सबै कुराको खोजी गरेर समस्याको समाधान गर्नुपर्ने उहाँकाले भनाई छ ।
गरिबी र अशिक्षाले गर्दा यस क्षेत्र पछि परेको भन्दै शिक्षामा लगानी गर्न खुट्टा कमाउन नहुने बताउनु भयो। जनगणनाको तथ्याङ्कलाई मात्र आधार मानेर नहुने र समस्याको खोजी गर्न सबैजना घर घरमा पुग्न अनुरोध गर्नु भयो ।
यस्तै गाउँपालिका अध्यक्ष सर्केश घलानले अबको शिक्षा सीप र रोजगार संग जोडेर जनताको जीवन स्तर उकास्ने खालको योजना बन्ने बताउनु भएको छ। आम युवाहरूमा देखिएको नैरास्यता तथा बितृष्णालाई निर्मुल पार्न र बिदेश जानूपर्छ भन्ने मनाशिकतालाई युवा पिडिले हटाउन नसके देश गम्भीर मोडमा पुग्ने बताउनु भयो। अभिभावकले आफ्नो बालबालिकालाई सानो उमेरमा कमाउने भन्दा पढाउने सोचको विकास गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा शिक्षा क्षेत्रको बिकासको लागि पालिका सदैब साथमा रहेकोले सबै शिक्षकहरुलाई कर्मनिष्ठ भएर बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न आह्वान गर्नु भएको छ ।
बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पुर्णबहादुर दर्जीले गाउ टोल सम्म शिक्षा बिकासको अनिवार्य तथा निःशुल्क शिक्षा पूर्ण लागु गर्न चुनौती रहेता पनि खोजीनीति गरेर समस्याहरु बुझौ, अभिभावक, सामाज, सबै क्षेत्रमा सर्बेक्षण गरौ अनि कर्यान्वयनमा सम्भब रहेको उहाको भनाई छ ।
विद्यार्थीहरुलाई मातृभाषालाई माध्यम बनाएर भएपनि शिक्षामा जोड्नुपर्ने बताउनुभयो। २०८५ साल भित्रमा अनिबार्य तथा निःशुल्क शिक्षा पूर्ण कार्यन्वयन गर्ने सरकारको अभियान अनुसार बागमती प्रदेशको १ सय १९ स्थानीय तह मध्ये मकवानपुरको बागमती गाउँपालिका पहिलो गाउँपालिका भएको बताउनुभएको छ। यसभन्दा पहिले दोलखा जिल्लामा पूर्ण अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको थियो।
पालिकाको शिक्षा शाखा अधिकृत प्रमोदकुमार राईले अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा नीतिगत व्यवस्थाबारे जानकारी गराउनु भएको थियो। पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत् अभिमुखीकरण, घरधुरी सर्वेक्षण, विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन, अभिभावक चेतना कार्यक्रमअन्तर्गत् वडाहरुमा सडक नाटक प्रदर्शन समेत गरिएको थियो ।
सामुदायिक बिद्यालयमा पढाई राम्रो हुँदैन भन्ने भ्रमलाई चिर्न सामुदायिक बिद्यालयहरुले गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो। बिद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई शिक्षाको मुलधार ल्याउन तिनै तहको सरकारको महत्वपूर्ण भुमिका रहने शिक्षा बिकास समन्वय ईकाई मकवानपुरका प्रमुख दिलनाथ गौतमले बताउनु भयो।
पालिकामा ५० सामुदायिक विद्यालय रहेकोमा हाल ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये पढाइ छाड्ने दर १० प्रतिशत र दोहोरिएर पढ्नेको दर ११ प्रतिशत रहेका छन् । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको हो ।
बागमती गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद शाखा संयोजक एवं ३ नम्बर वडा अध्यक्ष कमान सिं पाख्रिनको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुर प्रमुख दिनानाथ गौतम, उपाध्यक्ष फणिन्द्र तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, नेपाली कांग्रेसका शंकर पराजुली, बिद्यालय ब्यबस्थापन समिति महासघ बागमती गाउँपालिका अध्यक्ष बच्चु गोले खड्का, शिक्षक महासघ बागमती अध्यक्ष बसन्त राई, शैक्षिक जागरण मंचका अध्यक्ष बीरबहादुर राई लगायतको आतिथ्यता रहेको थियो ।
...

All Comments.......


Please Login/Register To Comments