काठमाडौं । भक्तपुरको सामूहिक हत्या प्रकरणमा घरमुली सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको प्रहरीको आशंकालाई पोस्टमार्टम रिपोर्टले बल पु¥याएको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको २६ भदौमा घरभित्रै शव भेटिएको थियो ।
पोस्टमार्टम रिपोर्टले आमाछोराको धारिलो हतियार प्रहारबाट मृत्यु भएको निष्कर्ष निकालेको छ ।
काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमले पनि त्यही देखाएको छ ।
सम्झनाको मृत्युको कारणमा ‘बल्ट फोर्स इन्जुरी अन हेड’ भनिएको छ । साथमा टाउकोमा तीन पटक छुरा प्रहार भएको रिपोर्टमा उल्लेख छ ।
छोराको भने घाँटी रेटेको पाइएको छ । अनुसन्धान अधिकृतहरुका अनुसार छोरा १५ वर्षीय सुशान्तको भने हत्याअघि संघर्ष भएको हुनसक्ने देखिएको छ ।


...

All Comments.......


Please Login/Register To Comments