पूणपाठ
स्थानीय पालिकाको सञ्चालन, विकास र व्यवस्थापनमा राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमिको मूल्य
मान्यताका साथै मध्यपुरथिमिको आर्थिक सामाजिक विकासका लागि नगरपालिकाले तय गर्नु पर्ने नीति
तथा कार्यक्रममा पार्टीको धारणाः
नेपालको संविधानले तीन तहका सरकारहरुबीचको सम्बन्ध सहकार्यता, सहअस्तित्व र समन्वयको
सिद्धान्तमा आधारित हुने उल्लेख गरेको छ । यसैगरी स्थानीय पालिकाहरुको हरेक नीति तथा कार्यक्रम
स्थानीयवासी एवं स्थानीय सरोकारवालाहरुको समन्वय र सहभागितामा तय हुनु पर्ने पनि आवश्यकता
औल्याइएको छ ।
स्थानीय पालिका कार्यसञ्चालन प्रभावकारिताले समग्र मुलुकको कार्य प्रगतिको सहि मुल्यांकन हुने
भएकोले स्थानीय जनचाहना अनुसारका योजना तथा कार्यक्रमहरु स्थानीय पालिकाबाट हुन पर्ने राष्ट्रिय
स्वतन्त्र पार्टीको थम्याई रहेको छ ।
स्थानीय पालिकालाई सफल बनाउन स्थानीय जनताले मत दिएर मात्रै पुग्दैन । आफूले चुनेका
प्रतिनिधिहरुका कृयाकलापहरुमा निरन्तर निगरानी, आवश्यकता अनुसार सुझाव, पृष्ठपोषण, रचनात्मक
आलोचना र स्थानीय पालिकाले गरेका कार्यक्रमहरुमा सक्रिय सहभागिता हुनु पर्दछ । जसबाट जनताको
मतको शक्ति स्थानीय पालिकाको विकासमा रुपान्तरण हुने हुनु पर्दछ । सोही अनुरुप राष्ट्रिय स्वतन्त्र
पार्टी स्थानीय पालिकाको एक सक्रिय साझेदार, सहयोगी र अनुगमनकर्ताको भूमिकामा सदैव तत्पर
रहन्छ ।
स्थानीय आर्थिक सामाजिक विकासका लागि हालको परिदृष्यमा राष्ट्रिय स्वतन्त्र पार्टीको मूल्य मान्यता
देहाय बमोजिम रहेको छः
ड्ड जनसहभागिता मुलक दिगो विकासको अवधारणा अवलम्बन गरिनु पर्दछ ।
ड्ड विकासको बाधकको पहिचान गर्दै सोको निर्मुलिकरण गरिनु पर्दछ ।
ड्ड पालिकाको अर्थतन्त्रमा सवलिकरण हुनु पर्दछ ।
ड्ड वैज्ञानिक प्रगतिशिल कर प्रणाली लागु हुनु पर्दछ ।
ड्ड तथ्यांकहरु अध्यावधिक हुनु पर्दछ ।
ड्ड सुशासन, मितव्ययिताको सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण हुनु पर्दछ ।
ड्ड संचालन साधारण खर्चको विनियोजनमा कटौती हुनु पर्दछ ।
ड्ड जनप्रतिनिधिहरुको जीवनशैली मितव्ययी हुनु पर्दछ ।
ड्ड उत्पादकत्व बढ्ने परियोजनाहरुमा प्राथमिकता दिनु पर्दछ ।
ड्ड शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई एवं रोजगारी सबलिकरणमा जोड दिनु पर्दछ ।
ड्ड यातायात सञ्चालन र ट्राफिक व्यवस्थापनमा स्थानीय सरकारको प्रत्यक्ष संलग्नता हुनु पर्दछ ।
ड्ड अधिकार सम्पन्न नगर प्रहरी परिचालन हुनु पर्दछ ।
ड्ड स्वयम सेवक जनशक्ति विकास गरिनु पर्दछ ।
ड्ड पालिका क्षेत्रभित्रको सरकारी कार्यालयहरुसंगको सम्बन्ध समन्वयात्मक र सहयोगी हुनु पर्दछ ।
ड्ड मौलिक संस्कृतिक सम्पदाहरुको जगेर्ना हुनु पर्दछ ।
ड्ड उद्देश्यमूलक कर्मचारीहरुको व्यवस्थापन हुनु पर्दछ ।
पार्टीले अवलम्बन गरेको मूल्य मान्यतालाई आत्मसाथ गर्दै मध्यपुरथिमि नगरपालिकाले तय गर्ने नीति
तथा कार्यक्रमहरुमा देहाय बमोजिमका विषयवस्तुहरु समावेश हुनु पर्दछ ।
१) आर्थिक विकास

क) कृषि विकास
ड्ड कृषि मल समयमै सहज र सुलभ मुल्यमा कृषकहरुलाई उपलब्ध गराउनु पर्दछ । ।
ड्ड कृषि उत्पादकत्व वृद्धिका लागि विज्ञहरुको सहभागितामा अध्ययन समिति गठन हुनु पर्दछ ।
ड्ड स्थानीय स्तरमा रहेका पशुपालक कृषकहरुको व्यवसाय प्रवद्र्धन गर्न कार्यक्रम सञ्चालन गरिनु
पर्दछ ।
ड्ड नगरभित्र कृषि सुचना र तालिम केन्द्रको स्थापना हुनु पर्दछ ।
ड्ड नगरभित्रका कृषकहरुलाई आधुनिक कृषि प्रणालीको ज्ञान सीप तालिम दिई आधुनिक कृषि
औजारहरु नगरपालिकाले सहजरुपमा उपलब्ध गराईदिनु पर्दछ ।
ड्ड यस नगरभित्र तरकारी खेती बढि हुने भएको हुंदा उत्पादित तरकारीलाई लामो समयसम्म
उपभोग गर्न मिल्ने गरी कोल्डस्टोरको व्यवस्था गरी भण्डारण गर्नु पर्ने देखिन्छ ।
ड्ड कृषि योग्य भूमिको संरक्षण हुनु पर्दछ ।
ड्ड कृषि बीमालाई वास्तविक कृषक समक्ष पु¥याउनु पर्दछ ।
ड्ड प्रत्येक वडामा कम्तीमा एकवटा तरकारी बजार स्थापना हुनु पर्दछ ।
ख) उद्योग व्यवसाय
ड्ड मध्यपुरको मौलिक, परम्परागत एवं रैथानै उत्पादनहरुको पहिचान गरी सोको उद्योग सञ्चालन
गर्ने व्यवसायीलाई विशेष अनुदानको व्यवस्था गरी प्रोत्साहित गरिनु पर्दछ ।
ड्ड औद्योगिक ग्राम निर्माण गरिनु पर्दछ ।
ड्ड मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका उद्योग व्यवसायहरुको तथ्यांक
अध्यावधिक हुनु पर्दछ । सम्पूर्ण उद्योग व्यवसायलाई नगरपालिकाको दर्ताको दायरामा ल्याइनु
पर्दछ ।
ड्ड नगरपालिका लगायत मातहतका कार्यालयहरुमा प्रयोग हुने सामग्रीहरु खरिद गर्दा मध्यपुरथिमिमा
उत्पादन भएका सामग्रीहरुलाई प्राथमिकता दिइनु पर्दछ ।
ड्ड ध“ुवा, धुलो, ध्वनी प्रदूषण युक्त उद्योगहरुको सञ्चालनमा विशेष नीति लागू गरिनु पर्दछ ।
ड्ड खाद्य वस्तुहरुको गुणस्तर नाप जा“चमा विशेष कडाई गरिनु पर्दछ ।
ड्ड फूटपाथ पसलहरुको व्यवस्थापन तथा दर्ता भएका उद्योग व्यवसायहरुको संरक्षण गर्ने नीति
नगरपालिकाको हुनु पर्दछ ।
ड्ड जथाभावी रुपमा आयोजना हुंदै आएको तालिमहरुमा विशेष निगरानी गरी उक्त तालिमको
प्रभावकारीता मूल्यांकन गरिनु पर्दछ । साथै आवश्यकतामा आधारित तालिमहरुको पहिचान
गरेर मात्रै तालिम कार्यक्रमहरु आयोजना गरिनु पर्दछ ।
ड्ड नगरभित्र उत्पादन हुने स्थानीय मौलिक वस्तुहरु जस्तै माटोका भा“डाकुडाहरु, चित्रकला, मुकुण्डो
बनाउने आदि वस्तुहरुको विज्ञापन र प्रवद्र्धनमा सहयोग पु¥याउनु पर्दछ ।
ड्ड नगर भित्र संचालनमा रहेका साना तथा घरेलु उद्योगहरुको अध्ययन गरी आवश्यकता अनुसारका
क्षमता विकास तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ ।
ग) पर्यटन
ड्ड अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय पूर्वाधारको विकास गर्न अध्ययन गरिनु पर्दछ ।
ड्ड पर्यटन महोत्सव जस्ता गतिविधिहरु नियमित रुपमा आयोजना गरिनु पर्दछ ।
ड्ड अन्तर्राष्ट्रिय क्षेत्रबाट मुलुकको भ्रमणमा आउनेभिआईपिहरुको भ्रमण मध्यपुरमा पनि पार्नको
लागि विशेष लबि· गरिनु पर्दछ ।
ड्ड मध्यपुरथिमिको मौलिक परम्परा, पर्व, संस्कृतिको वृत्तचित्र तयार पारी विभिन्न सञ्चार
माध्यमबाट प्रचार प्रसार गरिनु पर्दछ ।
ड्ड कलात्मक पाटी, पौवा मन्दिर आदि सम्पदाहरुको मर्मत सम्भार र संरक्षण गरिनु पर्दछ ।
ड्ड सम्पदा पदयात्रा कार्यक्रमलाई समय समयमा आयोजना गरिनु पर्दछ ।
ड्ड नगरको सरसफाईमा विशेष ध्यान पु¥याउनुका साथै सार्वजनिक शौचालयको व्यवस्थापन हुनु
पर्दछ ।
ड्ड मध्यपुर थिमिलाई झल्काउने विशेष सामग्री मायाको चिनोको रुपमा विकास गर्न आवश्यक
अनुदानको व्यवस्था गरिनु पर्दछ । यसका लागि प्रतियोगिताको आयोजना गरेर कुनै एक उत्कृष्ट
वस्तुलाई छनौट गर्दा राम्रो हुन सक्छ ।
ड्ड पर्यटनलाई आर्थिक विकासस“ग जोडन होमस्टेको अवधारणा अघि बढाउनु पर्दछ ।
२. सामाजिक विकास

क) शिक्षा
ड्ड विद्यालय स्तरमा स्वास्थ्य सम्बन्धी चेतना दिने र दुर्घटना न्यूनिकरणका विषयमा गतिविधिहरु
सञ्चालन हुनु पर्दछ ।
ड्ड उच्च शिक्षा हासिल गर्न चाहने न्यून आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीहरुका लागि
छात्रवृत्ति सुविधा प्रदान गरिनु पर्दछ ।
ड्ड शिक्षालाई आधुनिक प्रविधिस“ग जोड्नु पर्दछ । खेती योग्य जमिन भएका सामुदायिक
विद्यालयहरुमा विद्यार्थीहरुलाई पढाउदै दैनिक केही समय खेतीमा सहभागी गराई पढदै सिक्दै र
कमाउदै गर्ने वातावरणको विकास गरिनु पर्दछ ।
ड्ड संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति वा अन्य कोटाहरुको कार्यान्वयनलाई
पारदर्शी बनाईनुका साथै प्रभावकारी नियमन गरिनु पर्दछ ।
ड्ड स्वयम सेवक शिक्षक अवधारणामा अवकास प्राप्त विज्ञ र युवा समूहहरुलाई स्वयम सेवक
शिक्षक भई सहयोग गर्न प्रोत्साहन गरिनु पर्दछ ।
ड्ड सबै सामुदायिक विद्यालयहरुमा अपा· मैत्री र छात्रा मैत्री आवश्यक पूर्वाधार निर्माणका लागि
सहयोग उपलब्ध गराउनु पर्दछ । साथै निजी विद्यालयहरुमा समेत उक्त पूर्वाधार व्यवस्थापनमा
कडाई गरिनु पर्दछ ।
ड्ड समय सापेक्ष सिकाई प्रणाली विकासका लागि शिक्षकहरुलाई नियमित तालिमको व्यवस्था हुनु
पर्दछ ।
ड्ड शैक्षिक विकासको आधार विद्यालयको भौतिक पूर्वाधार विकास हुनु मात्रै नहुने भएको हुंदा
वैज्ञानिक शिक्षा प्रणाली अनुरुप पाठ्यपुस्तक विकास गर्नु पर्दछ ।
ड्ड स्थानीय विषय वस्तु, सम्पदा परम्पराको ज्ञान दिने गरी विद्यालयहरुमा स्थानीय पालिका पहिचान
विषय अध्यापन गराउ“दै आएको कार्यलाई निरन्तरता दिदै स्थानीय भाषा पाठ्यक्रममा समावेश
गराईदिनु पर्दछ ।
ख) स्वास्थ्य
ड्ड मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाका कार्यक्रमहरु प्रत्येक वडामा सञ्चालन गर्नु पर्दछ ।
ड्ड स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई सर्वसुलभ तथा प्रभावकारी बनाउनु पर्दछ ।
ड्ड बीमाबाट प्रदान गरिने औषधीहरुको सहज उपलब्धता गराईनु पर्दछ ।
ड्ड गुणस्तरीय औषधीको बेचविखन गराउन औषधीपसलहरुको विशेष अनुगमन नियमित गरिनु
पर्दछ ।
ड्ड स्वास्थ्य सम्बन्धी सन्देश एवं सूचना प्रवाहलाई प्रविधि मैत्री बनाइनु पर्दछ । नागरिकको स्वास्थ्य
सम्बन्धी सूचना पाउने मौलिक हक सुनिश्चित गरिनु पर्दछ । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षामुलक
कार्यक्रममा विशेष जोड दिनु पर्दछ ।
ड्ड घरघरमा नर्सि· सेवा सेवा उपलब्ध गराउनु पर्दछ ।
ड्ड खुल्ला ब्यायामशालाहरु प्रत्येक वडामा स्थापना हुनु पर्दछ ।
ड्ड वैकल्पिक उपचार जस्तै आयुर्वेद, होमियोप्याथी, अकुपंचर उपचार विधिको प्रवद्र्धन गर्नु पर्दछ ।
ड्ड वडा वडामा योग साधना केन्द्रलाई व्यवस्थित गर्नु पर्दछ ।
ड्ड नगरभित्रका हेल्थपोष्टहरुको दैनिक सञ्चालन समय बढाइनु पर्दछ ।
ग) सस्कृति
ड्ड नगरभित्रका मौलिक नाचगान, बाजागाजाको संरक्षणका लागि आवश्यक तालिमहरु सञ्चालन
गर्नु पर्दछ ।
ड्ड विभिन्न मेला महोत्सव आयोजना गरी नगरभित्रका मौलिक संस्कृतिहरुको प्रवद्र्धन गर्नु पर्दछ ।
ड्ड मौलिक नाचगान एवं बाजागाजाको सीप हस्तान्तरका लागि तालिम दिन निश्चित स्थानको
विकास गर्नु पर्दछ ।
ड्ड मौलिक नाचागान एवं बाजागाजाका प्रशिक्षकहरुलाई उचित सम्मान र नियमित भत्ताको व्यवस्था
हुनु पर्दछ ।
ड्ड सस्कृति र जातीय सदभाव वृद्धिका लागि अन्तरजातीय र अन्तर सा“स्कृतिक गतिविधिहरु
आयोजना हुनु पर्दछ ।
३. भौतिक तथा सहरी विकास
ड्ड अतिक्रमित सार्वजनिक जग्गाहरु खोजी गरी सार्वजनिक गरिनु पर्दछ ।
ड्ड सतह ढल निर्माण पछि मात्र बाटो पिच गरिनु पर्दछ ।
ड्ड जथाभावी जमिन खण्डिकरण गर्ने कार्यलाई निरुत्साहित गर्नु पर्दछ ।
ड्ड नगरपालिका भित्र भवन निर्माणमा संलग्न निर्माणकर्मी, प्राविधिक र घर धनिहरुलाई
समयानुकुल भूकम्प प्रतिरोधी भवन निर्माण र अन्य प्राविधिक तालिम प्रदान गर्नु पर्दछ ।
ड्ड भौतिक संरचना निर्माणको गुणस्तर सुनिश्चितताका साथै तोकिएको समयसिमा भित्र निर्माण
सम्पन्न गर्न÷ गराउनमा कडाइ गर्नुपर्दछ ।
धन्यवाद
...

All Comments.......


Please Login/Register To Comments