भक्तपुर । नेपाल केन्पो खुकुरी मार्शल आटर््स संघ बागमति प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । संघको  तेस्रो भेलाबाट लामाको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत भएको हो । 
समितिको उपाध्यक्षमा केशव कवां र नविनबज्र लामा, सचिवमा तीर्थरत्न राजचल, कोषाध्यक्षमा कल्पना विश्वकर्मा सर्वसम्मत भएका छन् । त्यसैगरी सदस्यहरुमा विज्वेल सुवाल, राम शिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामांग, पुष्पराज भटराई, नगेन्द्र महर्जन, नीरा मानन्धर र राजाराम बासी रहेका छन् । बाँंकी सात जना सदस्य पछि मनोनित गरिने जनाइएको छ । 
यसअघि भेलाको उदघाटन बागमति प्रदेशका सामाजिक  बिकाश  मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आटर््स संघका केन्द्रिय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, केद्रिय सदस्य राजकुमार लघूलगायतले खेलको विकासमा आआफनो धारणा राखेका थिए । कार्यक्रम संघका निवर्तमान अध्यक्ष उमा थपलियाको सभापतित्वमा भएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments