एबीसीडिखबरका समाचार संकलक ः पत्रकार प्रताप राना
काठमाडौं असार ९ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सवको प्रमुख अतिथि सम्माननीय प्रधान मन्त्री पुष्पकमल दाहालज्यूले द्विप प्रज्ज्वलन गरी शुभारम्भ गर्नुभयो ।
यस प्रतिष्ठानका कुलपति श्री भुपाल राई तथा माननीय पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँती लगायत स्वदेश तथा विदेशबाट समेत आउनु भएका विशिष्ट महानुभावहरुको यस कार्यक्रममा सहभागिता भएको थियो ।
देशका विभिन्न कविहरुबाट पठाइएका ९९१ क्विताहरु मध्ये सर्वोत्कृष्ट २५ वटा विभिन्न भाषामा रचिएका कविताहरु वाचन गरिएको थियो । 
“सबैको भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान” भन्ने यस प्रतिष्ठानको मूल मन्त्र अनुरुप विविध भाषाको कविताहरु प्रस्तुत गरिएका थिए । प्रतिष्ठानको इतिहासमानै सर्वप्रथम आज डोटेली भाषामा पनि कविता वाचन गरिएको थियो ।
समावेशिता र बहुभाषी कविता महोत्सव यसै वर्षबाट सुरु भएको जानकारी दिइयो । सम्माननीय प्रधानमन्त्रीज्यूको कार्य व्यस्तताले पूर्ण समय कार्यक्रममा रहन नसकिएतापनि दुईवटा कविताहरु अभिरुचीपूर्वक श्रवण गर्नुभयो । उहाँले नेपालको कला, संस्कृति, भाषा, साहित्यको विकासको लागि सरकारले उचित कार्य गरिरहेको कुरा पनि आफ्नो मन्तव्यको क्रममा बताउनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments