संगम लामा
तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गरेको छ । बिहीबार गाउँपालिका उपाध्यक्ष दलमान थोकरले १३ औं गाउँ अधिवेशन मार्फत ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
उपाध्यक्ष थोकरले सार्वजनिक गरेको बजेटमा संघीय सरकार सशर्त अनुदान २१ करोड ७१ लाख, प्रदेश सरकार सशर्त अनुदान २ करोड २१ लाख ८६ हजार, संघीय सरकार समानिकरण अनुदान ९ करोड ४ लाख, प्रदेश सरकार समानिकरण अनुदान ८६ लाख ६४ हजार रहेको छ ।
त्यस्तै संघीय सरकार राजश्व बाँडफाँटबाट प्राप्त रकम ८ करोड ११ लाख ७६ हजार,प्रदेश सरकारको राजश्व बाँटफाँटबाट २ करोड १८ लाख ६४ हजार ६५२, संघीय सरकार समपूरक अनुदान ८० लाख, प्रदेश सरकार समपूरक अनुदान २ करोड ५० लाख,संघीय सरकार विशेष अनुदान ५० लाख, प्रदेश सरकार विशेष अनुदान १ करोड र आन्तरिक आय २ करोड अनुमान गरिएको छ ।
गाउँपालिकाले चालु खर्च तर्फ ७ करोड १३ लाख ४ हजार ६५२ विनियोजन गरेको छ । शिक्षा तर्फा ८० लाख, स्वास्थ्य तर्फ १ करोड, विपद् व्यवस्थापन तर्फ १८ लाख, प्रकोप कोष १३ लाख, लैंगिक समानता तथा समावेशिकरण तर्फ २५ लाख, न्यायिक समिति १० लाख, राजस्व फिर्ता रकम ४० लाख, प्राविधिक शाखा ५ लाख, वडा नं. ५ को कार्यालय निर्माणको लागि १५ लाख, वडा नं. २ कार्यालय निर्माणका लागि ८ लाख, पालिकाको जेसिवी खरिद ५० लाख विनियोजन गरिएको छ ।
बजेट गाउँसभाले सर्वसम्मत पारित गरिएको छ ।
बजेट सार्वजनिक भएपछि पत्रकारसँगको कुराकानीमा उपाध्यक्ष थोकरले केही योजनाहरु रणनैतिक खालको भएकोले गत आर्थिक वर्षकै निरन्तरता दिएको प्रतिक्रिया दिदै यो पटक सांस्कृतिक पर्यटनको अवधारणा अनुसारका योजनाहरुमा पनि महत्वका साथ बजेट विनियोजन गरिएको दावी गरे ।
‘२०७९।०८० मा रणनीतिक सडक भनेर वडा कार्यालयदेखि गाउँपालिका कार्यालयसम्म जोड्ने रणनीतिक सडकहरुलाई पुनः निरन्तरता दिएका छौं । कुनै समपूरकमा राखेका छौं भने कुनै ५० लाखको प्याकेजमा छ ।’ उनले भने, ‘हाइपटेन्सनलाई फोकस गरेर स्वास्थ्यमा १ करोड छुट्टाएका छौं, नसर्ने रोगसँग सम्बन्धित १८ दिनको अभियान पहिला सञ्चालन गर्दाको अनुभवले यो आवश्यक देखायो,सबैलाई परीक्षणको दायरामा ल्याउनेगरी सञ्चालन गर्ने सोच हो ।’
उपाध्यक्ष थोकरले तेमाल तामाङहरुको उद्गम थलो भएकोले तोङसोमकुण्ड, गेलुङ पहरा, गुरु स्ह्याब्चेलिङ, स्वयम्भूबौद्ध, ह्यारीनाग, दोर्जेगाङ लागयतको सांस्कृतिक तथा धार्मिक स्थालको प्रचार एवं प्रवद्र्धनका लागि गुरु योजनासाथ कार्यक्रम गर्न बजेटद्धारा सम्बोधन गरेका समेत जानकारी दिए ।
...

All Comments.......


Please Login/Register To Comments