काठमाडौं । वल्र्ड नेवाः अर्गानाइजेशन डव्लूएचआ जर्मनका अध्यक्ष्य कुमार नापित युरोप कोडिनेटरमा चुनिएको छ । भक्तपुर क्वाछें टोलमा जन्मिएर हाल लुनिर्वक जर्मनलाई कर्मथलो बनाउँदै आउनु भएका नापित जर्मनको अध्यक्ष्य भएको करिव २ महिना पछि केन्द्रिय सदश्य र पुरै युरोप हेर्ने जिम्माको लागि केन्द्रले उहाँलाई चुनिएको हो । आफ्नो ब्यापार ब्यवसाय सँगसँगै निश्वार्थ समाज सेवामा लागि रहेका नापितलाई केन्द्रले थप जिम्मेवारी दिएको छ । अध्यक्ष्य नापितले बिभिन्न संघसंस्थामा रहेर देश बिदेशमा आफ्नो कला, संस्कृति, भेषभुषा लगायत खानपानलाई सबै माझ चिनाउँदै आउँनु भएको छ । बिभिन्न बाधा अद्चनका बावजुट पनि सबैसँग मिलेर आफुले बिगत बिभिन्न संघसंस्थामा रहेर गर्दै आएको काम र हाल गरिरहेको कामको सहि मुल्याङ्कण गरेर केन्द्रले थप जिम्मेवारी दिएकोमा खुशी लागेको बताउँनुभयो । अव थप जिम्मेवारीका साथ बिभिन्न बिषयमा असन्तुस्त पक्षलाई समेत समेतेर अघि बढ्ने बताउँनु भयो । केन्द्रका कार्यसमितिलाई बिशेष धन्यावाद दिदैं अर्गनाइजेशनलाई राम्रोसँग अगाडी बढाउने र संस्थालाई संसार भरी छरिएर रहेका सबै नेवाः समुदायको पहँुचमा पुर्याउन बिभिन्न पक्षसँग हातेमालो गरि अहोरात लागिरहने बताउँनु भयो । डव्लूएचओलाई युरोपका सबै देशमा जहाँ नेवाःहरु कर्मथलो बनाएर बसिरहका छन् खोजी गरि शाखा बिस्तार गर्ने लक्ष्यसहित आगाडी बढ्ने बताउँनु भयो ।

...

All Comments.......


Please Login/Register To Comments