भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी शुक्रबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलका विद्यार्थी रोपाईमा रमाएका हुन् ।
असार १५ को अवसरमा स्कुलले प्रत्येक वर्ष जस्तै रोपाई कार्यक्रम गरेको थियो । स्कुल नजिकैको खेतमा विद्यार्थीलाई रोपाईका लागि लगिएको थियो । रोपाईमा विद्यार्थी मात्रै नभई शिक्षकशिक्षिकाहरु पनि रमाइलो मानी काममा मस्त देखिए । सधै कक्षा कोठामा व्यस्त देखिने स्कुलका शिक्षकशिक्षिकाहरु आआफना विद्यार्थीसँंग खेतमा रमाएका हुन् । 
स्कुलले कक्षा चारमा अध्ययरत एक सय सात जना ससाना नानीहरुलाई रोपाईका लागि नजिकैको खेतमा लगेको थियो । ससाना विद्यार्थीहरुले खेतमा पुगेर रोपाई गरेका थिए । यसअघि उनीहरुले त्यहाँ रोपाईका लागि बाउसे गर्न सिकेका थिए ।  साथै बाउसे गरेपछि देखिएका घाँंसहरुलाई दवाउन उनीहरुले कुल्चने काम गरेका थिए । त्यसपछि उनीहरुले रोपाई थालेका थिए । यसअघि उनीहरुले रोपाई गर्ने धानको बीउ उखेलेका थिए ।

यो सवै कामका लागि उनीहरुलाई शिक्षकशिक्षिकाहरुले सहयोग गरेका थिए । शिक्षकशिक्षिकाहरुले उनीहरुलाई कामका साथै कामका लागि प्रयोग हुने औजारहरुकाबारेमासमेत जानकारी गराएका थिए । यसअघि उनीहरुलाई बिहीबार नै कक्षाकोठामा यसबारे जानकारी दिनुका साथै प्रशिक्षण दिइएको थियो ।
सधै कक्षामा हुन्थ्यौ तर आज चाहिं यसरी आउन पाएकोमा औधी रमाइलो लागिरहेको छ, विद्यार्थीको सामूहिक भनाई थियो, बुकबाट मात्रै होइन रहेछ सिक्ने भनेको । यस्तै फिल्डवर्कबाट पनि धेरै कुरो सिक्दो रहेछ । 
स्कुलका कक्षा ४ र ५ एवं व्लक बी कोअर्डिनेटर कल्पना खनालले धेरैजना विद्यार्थी भएकाले समूहसमूहमा ल्याई नानीहरुलाई सिकाइएको बताइन् । उनले प्रत्येक वर्ष स्कुलले कक्षा चारका विद्यार्थीलाई धानको विउ राख्नेदेखि धान काटेर चुट्नेसम्म सिकाउने गरेको जानकारी उनले गराइन् ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले किसान तथा कृषि व्यवसायमा लागेका व्यक्तिहरूलाई सम्मान गर्न सिकाउने उद्देश्यका साथ कार्यक्रम गरेको जनाए । पुस्तकमा मात्रै सिमित नगखी विद्यार्थीई यस्ता विविध विषयका क्रियाकलापहरु स्कुलले गराउने गरेको जानकारी उनले दिए । यसले विद्यार्थीको ज्ञान फराकिलो हुनका साथै उनीहरुमा व्यवहारिक ज्ञान पनि हुने विश्वास उनको छ । यसरी नानीहरूले रोपेको धान उत्पादनपछि भिक्षु भन्तेहरूलाई भोजन दानको लागि प्रदान गरिने उनले जनाए । रोपाईका साथै ससाना नानीहरुदेखि कक्षा ४ सम्मका विद्यार्थीलाई दही चिउरा खाने पर्वकाबारे जानकारी दिन दही चिउरा खुवाइएको थियो । दही चिउरा स्कुलले नै वन्दोवस्त गरेको थियो । 
यसअघि स्कुलको कक्षा ४ का समूहले नै जेठ १९ गते धानको वीउ राखेको थियो । यो वर्ष रोपाई कार्यक्रमको अवलोकन गराउन ससाना प्ले ग्रुपदेखि एसकेजीसम्मका झडै डेढ विद्यार्थीलाई पनि पालैपाले रोपाई भएको खेत पुयाएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments