भक्तपुर । भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ सूर्यमढी बस्ने ४१ वर्षीय न्हुछे प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो ।
नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका ८१ वर्षीय उनका काका कृष्ण बहादुर प्रजापतिको सोही दिन उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएपछि पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । कुटपिट पश्चात फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–७ महेश्वरी खेलमैदानबाट घटना भएको दिन बिहीवार नै पक्राउ गरेको जिल्ला प्रहरी वृत्त जगातीका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
सम्पत्तीको विषयमा बिबाद गरी ४१ वर्षीय नुछेले सूर्यमढीस्थित घरमा हिडडुल समेत गर्न नसक्ने ८१ वर्षीय उनका आफ्नै काका कृष्ण बहादुरलाई कुटपिट गर्दा ज्यान गएको देखिन आएको डिएसपी श्रेष्ठले बताए । नुछेलाई जगाती वृत्तमा राखिएको छ । जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले जनाएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments