सुनील सापकोटा,बरगाछि,बिराटनगर मो : ९८४२०२६२३३ बहुआयामिक ब्याक्तित्वका धनी डा . इन्दुल केसी संग मेरो पहिलो भेट शब्दयात्रा प्रकाशनको एउटा साहित्यक कार्यक्रममा आज भन्दा करिव तीन बर्ष अघि धुलिखेल काभ्रेमा भएको थियो। मलाई त्यो बेला साहित्यकार हरि मन्जुश्रीज्यूले उहाँ संग परिचय गराउनु भएको थियो। एकछिनको भेटघाटमा नै उहाँको अपरिचित मानिसहरु संग छिटै धुलमिल हुने बानी , हसमुख चेहरा र मजाकिलो स्वभावले मलाइ त्यो बेला प्रभाव पारेको थियो। दिन बित्दै जाँदा उहाँ संग मेरो घनिष्टता बढदै गयो र आजका दिनमा उहाँ मेरो एउटा अभिभावक हुनु भएको छ। म कौसलटार भक्तपुरमा हुँदा एकदुई दिन बिराएर उहाँले मलाई फोन गरिरहनु हुन्थ्यो र सन्चो बिससन्चो सोधपुछ गर्नु हुन्थ्यो। अनि म पनि उहाँ संग त्यहाँ सम्पर्कमा नै हुन्थे । तर म बिगत दुई महिना देखि बिराटनगरमा बसोबास गर्ने भएकाले उहाँ संग मेरो हिजोआज भक्तपुरमा भएजस्तो बाक्लो सम्पर्क छैन । काठमाडौं र भक्तपुरमा इन्दुल केसी जनस्तरमा भिजेको एउटा चर्चित नाउँ हो। त्यहाँका प्रायः बिबिध क्षेत्रका धेरैजसो पुराना वासिन्दाहरु र भिआइपीहरु संग उहाँको परिचय, सम्पर्क र दोस्ती रहेछ । त्यसैले काठमाडौं खाल्डो भित्र हुने साहित्यिक , धार्मिक र सामाजिक कार्यक्रमहरुमा इन्दुल केसी दाइलाई प्राय:जसो सबै संघ संस्थाहरुले निमन्त्रणा गरेका हुँदा रहेछन्। कैयौं त्यस्ता कार्यक्रमहरुमा उहाँले मलाई साथै लग्नु भएको पनि छ। आज मलाई इदुल दाइको बारेमा लेख्न पाउँदा खुशी लागि रहेको छ । उहाँले मलाई निरन्तर प्रेरित पनि गराइ रहनु हुन्छ । उहाँ संग साहित्य र सामाजिक कार्यक्रमहरुमा जाँदा एउटा आनन्दको अनुभूति हुन्छ । उहाँ जहिले पनि कुनै नकुनै कार्यक्रमहरुमा भाग लिइरहनु हुन्छ। उहाँ आफैं पनि समाज उपयोगी केहि नकेही कार्यक्रमहरु रचनु हुन्छ । खोज्नु हुन्छ । त्यसैले मलाई उहाँ त्यस्तो ब्यक्ती लाग्छ जो सबैको आफ्नो हो। मानौँ उहाँको शरीर पनि आफ्नो होइन। समाजको घरोहर हो। मलाई लाग्छ इन्दुल दाइ येस्तो साहित्यकार हो जो समाजलाई बदलिने निरन्तर कोशिश आफ्नो विभिन्न कृतिहरु बाट गरिरहेको छ ।उहाँ संग समाज लाई बुझ्ने मस्तिष्क र समय सापेक्ष अभिव्यक्त गर्ने कहिले भावुक त कहिले व्यंग्यात्मक शैली रहेको देखिन्छ । सबै सहित्यकारहरुको आ - आफ्नो परिधी हुन्छन । सबैमा केही नकेही कमि कमजोरी पनि हुन्छन्। इन्दुल दाइ पनि यो कुरामा अछुतो हुनुहुन्न होला। तर ठूल्ठूला साहित्यकारहरु ती हुन जो समय र समाजको चुनौतीहरु संग डराएर भाग्दैनन्। मनुष्यताको पक्षमा सधैं सार्थक हस्तक्षेपको कोशिश गर्छन् । एउटा सहि लेखक वा सहि साहित्यकार त्यो हो , जो सत्य बोल्छ । जो चुपलागेर बस्दैन । यो कुरा इन्दुल दाइमा छ । सत्यवादी साहित्यकारहरुको सुचीमा उहाँ पर्नु हुन्छ जस्तो मलाई लाग्छ। यो बेला हाम्रो नेपाली समाजमा बौद्धिक इमानदारी , राजनैतिक र सामाजिक समस्याहरुको अन्तर्रविरोधहरुमा गहन समझ भइ रहेको छैन । म यहाँ मानविय बिचारहरुको अभाव देख्छु । यहाँ सामाजिक उत्तरदाइत्व भन्दा हरेक नागरिकमा ब्यक्तिगत स्वार्थ हावी भएको देख्छु । इन्दुल दाइको नयाँ पुस्तक" शब्द सागरका मोती - समिक्षा सङ्ग्रह " प्रकाशित भएको रहेछ । आजभन्दा करिब दुई महिना अगाडी उहाँले मलाई उक्त पुस्तक बारे टिप्पणी गरिदिनुहोस भनेर फोनमा भन्नू भएको थियो। तर म आफ्नो घरायसी कामको ब्यस्तताले गर्दा लेख्न सकिरहेको थिइन र त्यो पुस्तक लाई अझैसम्म गहिरिएर पढन पाएको पनि छैन । तर यो नयाँ पुस्तक उहाँको चर्चित पुस्तक हो भन्ने चाहिँ सुनेको छु। अन्त्यमा , धेरै के लेखुँ ? आफ्नो जीवनको येस्तो वृद्ध अवस्थामा पनि इन्दुल दाइको एउटा युवा जस्तो सोच , जोश र जाँगर देखेर म कहिलेकाहीँ छक्क पर्छु । अचम्म लाग्छ । येस्तै सोच , जोश, जाँगर र स्वास्थ लिएर उहाँ आफ्नो बिबिध आयामिक अभियानहरुमा सधैं अगाडी बढी रहनुहोस भन्ने पनि हार्दिक कामना गर्दछु ।...

All Comments.......


Please Login/Register To Comments