भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा न. ७ खरिपाटी हेल्मेटडाँडामा असार १३ गते बुधबार मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा घाइते एकजनाको मृृत्यु भएको छ । जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर बस्ने बर्ष ४२ को ज्ञानेन्द्रलोचन घिमिरेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भक्तपुरको कमलविनायकबाट जितपुरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२६ प. ०६५३ नम्बरको मोटरसाइकलले घिमिरेलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए । घाइते भएपछि उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यहाबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको ट्रमा सेन्टरबाट पनि थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाडौं लगेर उपचार भइरहेकोमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष २० को राजन थापा र मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने बर्ष २४ को साजन कार्की सामान्य घाइते भएकोमा उपचारपश्चात डिस्चार्ज भएको परिसरका सूचना अधिकारी वसन्त पाठकले बताए । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान भइरहेको पाठकले जनाए ।

...

All Comments.......


Please Login/Register To Comments