भक्तपुर । बासु मावि र बासु कलेज कालिघाट व्यासी भक्तपुरको संयुक्त आयोजनामा बासु साइक्लिङ यात्रा हुने भएको छ । बासु स्कुलको ६१ औं वाषिकोत्सवको अवसरमा यात्रा हुन लागेको जनाइएको छ । 
यात्रा असार २३ गते शनिबार हुने जनाइएको छ । यात्रा विहान साढे ६ बजे स्कुलबाट हुने जनाइएको छ । यात्रामा सहभागी हुन निःशुल्क रजिष्टेशनको व्यवस्था छ । साथै यात्रामा सहभागीहरुलाई टिर्शट र स्न्याक्सको पनि व्यवस्था रहेको जनाइएको छ ।
यात्रा स्कुलबाट सुरु भई भक्तपुर नगरको च्याम्हासिंह, टौमढी, सल्लाघारीलगायतका साथै भक्तपुरको उतरी क्षेत्रका विभिन्न ठाउँंहरु चाँंगुनारायणलगायतको ठाउँंमा पुग्ने रुट बनाइएको छ । यात्रा कुल १३ किललोमिटरको हुने छ । यात्रामा सहभागी हुन चाहनेहरुले असार २१ गते विहीबारभित्र रजिष्टर गर्न सूचित गरेको छ ।    

...

All Comments.......


Please Login/Register To Comments