भक्तपुर । भक्तपुरका विभिन्न सात वटा स्कुलहरुका नौ जना विद्यार्थीहरुले यो वर्षको एसइई परीक्षामा चार जीपीए ल्याउन सफल भएका छन् । भक्तपुर नगरपालिकाभित्र रहेका दुई वटा स्कुलका चार जना, सूर्यविनायक नगरपालिकाका तीन वटा स्कुलहरुका तीन जना र मध्यपुर थिमि नगरपालिकाका दुई वटा स्कुलहरुका दुई जना गरी कुल नौ जना विद्यार्थीले चार जीपीए ल्याउन सफल देखिएका हुन् ।   
मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीस्थित दिव्य दीप ज्योति इगलिश सेकेण्डरी स्कुल भक्तपुरकी छात्रा दिपासा अमात्यले चार जीपीए ल्याउन सफल भइन् । सो स्कुलमा कक्षा पाँंचदेखि अध्ययनरत दिपासाले बिहीबार सार्वजनिक एसइई परीक्षाफलमा चार जीपीए ल्याउन सफल भएकी हुन् । 
स्कुलका संस्थापक प्रिन्सिपल सिमान्तराज सुवेदीले दिपासा सानो कक्षादेखि नै प्रतिभाशाली विद्यार्थी रहेको बताइन् । यही कारण उनले सर्वाेत्कृष्ट चार जीपीए ल्याएर देशकै नाम राखेको उनले बताए । स्कुलबाट दिपासासहित तीनजना विद्यार्थीहरुले ३ं.९ जीपीएसहित सवै विद्यार्थीहरु उत्कृष्ट अंकका साथ पास भएको उनले बताए । सूर्यविनाय नगरपालिका वडा नं २ बालकोट भक्तपुरस्थित मेरिगोल्ड स्कुलका सुभाष भटराईले चार जीपीए ल्याए । साथसाथै सूर्यविनायक नगरपालिकाभित्रकै लनर्स एकेडेमीका अक्सा राईले चार जीपीए ल्याए । 
यता मध्यपुर थिमि नगरपालिकास्थित विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमिकी कृतिका श्रेष्ठले चार जीपीए ल्याइन् । साथै मध्यपुर थिमि नगरपालिका वडा नं ६ बाहखा बजारस्थित होली गार्डेन इगलिश स्कुल थिमिकी प्रजुना शंखदेवले चार जीपीए ल्याइन् ।  
यता भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित सैनिक सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरकी दिलीशा थापाले चार जीपीए ल्याए भने भक्तपुर नगरपालिका तेखापुखूस्थित सामुदायिक (सरकारी) स्कुल मेधा माविबाट तीन जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भए ।  
यसबाहेक प्रायःजसो चार जीपीए ल्याउन सफल हुँंदै आएको वागीश्वरी मावि च्याम्हासिंह, एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरबाट यो वर्ष चार जीपीए ल्याउन सफल भएनन् । एभरेष्टबाट ३.९५ का तीनजना र ३.९ का तीन जना गरी ६ जनासहित एक सय सात जना विद्यार्थी उत्कृष्ट नतिजाका साथ उतीर्ण भएको स्कुलले जनाएको छ । यी बाहेक जिल्लामा उत्कृष्ट स्कुलहरु (पहिलापहिला बोर्ड दसमा पर्न सफल) विद्या विकास इगलिश स्कुल जगाती भक्तपुर, महेन्द्र विद्याआश्रम राममन्दिर भक्तपुरलगायतबाट पनि यो वर्ष चार जीपीए ल्याउन सफल भएनन् ।  

...

All Comments.......


Please Login/Register To Comments