असार २३, भक्तपुर । बासु माध्यमिक विद्यालयको ६१औं स्थापना दिवसको अवसरमा शनिबार भक्तपुरमा साइकलयात्रा सम्पन्न भएको छ । साइकलयात्राको उद्घाटन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका बागमति प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साइकलको प्रयोगले व्यक्ति मात्र नभई सिंगो देश स्वस्थ, सक्रिय र बलियो हुने बताउनुभयो । छोटो दूरीको यात्राको निम्ति पेट्रोलियम इन्धनको खपत हुने यातायातको साटो साइकल प्रयोग गर्न सकिए प्रदुषणमा कमी हुनुका साथै देशको अर्थतन्त्र उकास्न पनि सहयोग हुने उहाँको तर्क थियो । छिमेकी मित्र देश चीनको उदाहरण दिनुहुँदै उहाँले देशको अर्थतन्त्र जोगाउन र आफ्ना नागरिकहरुलाई स्वस्थ राख्न सरकारले साइकल मैत्री शहरको अवधारणालाई अगाडी सार्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुरको ब्यासीस्थित विद्यालयको प्राङ्गणबाट सुरु भएको साइकल यात्रा भक्तपुरको झौखेल, दुवाकोट, सल्लाघारी, सिद्धपोखरी, दरबारक्षेत्र, टौमढी, दत्तात्रय, च्याम्हसिंह, कमलविनायक हुँदै पुनः विद्यालयको प्राङ्गणमा पुगेर टुङ्गिएको थियो । साइकल कनेक्ट भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त साइकल यात्रामा ३ सयभन्दा बढी साइकलयात्रीहरुको सहभागीता रहेको थियो । 


...

All Comments.......


Please Login/Register To Comments