भक्तपुर । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले निःशुल्क रुपमा उपचार गर्दै आएको छ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक (नगरकोट बसपार्कका उल्टो दिशा) मा रहेको एउटा भबन भाडामा लिई उसले निःशुल्क सेवा दिंदै आएको हो । त्यहाँं उपचारको क्रममा परीक्षणका लागि टिकट लिन पनि पैसा पर्दैन । साथै उपचार सेवा शुल्क र अन्य औषधि लिन पनि निःशुल्क नै पाइन्छ । यहाँं अन्तरंग र बहिरंग दुवै स्वास्थ्य सुविधा छ । 
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले आयुर्वेद सेवा प्रबद्र्धनका लागि स्थानीयस्तरका पत्रकारहरुसँंग आइतबार कार्यालयमै गरेको अन्तरक्रिया कार्यृक्रमा कार्यालय प्रमुख आयुर्वेदिक चिकित्सक डा नरेन्द्रप्रसाद गिरीले नेपाल सरकारको व्यवस्था अनुसार आफूहरुले उहिलेदेखि नै सवै उपचार सेवा निःशुल्क गर्दै आएका जानकारी गराए । टिकट काटन, उपचार सेवा र २३ थरीको औषधिहरु पनि निशुल्क रुपमा उपलव्ध गराउँंदै आएको उनले बताए । उनले यसबाहेकको औषधि भने खरिद गर्नुपर्ने र १० प्रतिशत छुट दिई सहुलियत दरमा औषधि खरिद गर्नसक्ने व्यवस्था पनि मिलाएको बताए । 
त्यहाँं बहिरिंग सेवा, प्याथोलोजी ल्याब, पूर्वकर्म वा पञ्चकर्म सेवा, फिजियोथेरापी, अकुपञ्चर, निः शुल्क औषधि वितरण तथा सशुल्क फार्मेसी सेवा पनि रहेका छन् । साथै लक्षित वर्गलाई विशेष सेवाहरु पनि दिंदै आएको जनाइएको छ । त्यस अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य सेवा प्रवद्र्धन, स्तनपायी आमा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, टाफिक प्रहरीका लागि नश्य कार्यक्रम सञ्चालित छन् । साथै जनचेतनामूलक कार्यक्रम अन्तर्गत राष्टिय अन्तर्राष्टिय योग दिवस, स्वास्थ्य जीवन कार्यक्रम, स्वास्थ्य जीवन प्रबद्र्धन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पनि सञ्चालित रहेको जनाइयो । साथसाथै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर र सूचना सम्प्रेषण तथा प्रचार प्रसारको प्रचारप्रसारमूलक कार्यक्रम पनि रहेको जनाइयो । 
यीवाहेक पनि जिल्लाका विभिन्न ठाउँंहरुमा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुमार्फत निःशुल्क स्वास्थ्य सुविधा दिंदै आएको जनाइयो । नागरिक आरोग्य सेवा केन्द्र भक्तपुर नगरपालिका ६ चोंछे, नागरिक आरोग्य सेवा केन्द्र चाँंगुनारायण नगरपालिका ७ बागीश्वरी, नागरिक आरोग्य सेवा केन्द्र सूर्यविनायक नगरपालिका १० चितपोलमा रहेका केन्द्रहरुबाट पनि निःशुल्क सेवा दिंदै आएको जनाइयो । साथसाथै चांँगुनारायण नगरपालिका वडा न ५ खरिपाटीस्थित खरिपाटी आयुर्वेद औषधालय खरिपाटी, मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीस्थित मध्यपुर आयुर्वेद औषधालय लोकन्थली भक्तपुरबाट पनि सेवा दिंदै आएको जनाइयो ।
पछिल्लो आर्थिक वर्ष २०७०।८० मा बहिरंग सेवातर्फ असार २० गतेसम्म १९ हजार आठ सय ८० जनाले सेवा पाएको तथ्यांक छ । साथै पूर्वकर्म सेवातर्फ एक हजार पाँंच सय ७९ जना, फिजियोथेरापीतर्फ तीन हजार सात सय २४, अकुपञ्चरतर्फ दुई हजार आठ सय ५६, प्याथोलोजी ल्याव सेवा दुई हजार आठ सय ३१ ज्ना र औषधि वितरणतर्फ १९ हजार आठ सय ८० जनाले सेवा लिएको तथ्यांक छ ।   

...

All Comments.......


Please Login/Register To Comments