मध्यपुर थिमि । मध्यपुर थिमि नपा ६ बाहाखाबजारस्थित होली गार्डेन इंग्लिस सेकेन्डरी स्कुलकी प्रजुना शंखदेवलाई एसईईमा जिपिए ४ ल्याए बापत स्कुलले नगद १ लाख रुपैंया सहित सम्मान गरेको छ । उक्त स्कुलका प्रिन्सिपल रत्नमान शंखदेवका अनुसार सबै लिखित र प्रयोगात्मक विषयमा ए प्लस प्राप्त गरेर होली गार्डेन स्कुलको इतिहासमा गौरव बढाएकोले प्रोत्साहन स्वरुप प्रजुनालाई स्कुलबाट १ लाख रुपैंया नगद सहित सम्मान गरिएको बताउनु भयो । गत चैत्रमा सम्पन्न एसईई परीक्षाको नतिजामा आठ बटै विषयको लिखितमा ए प्लस ल्याउने प्रजुना मेधावी विद्यार्थि भएको प्रिन्सिपल शंखदेवले जानकारी दिनुभयो । जिपिए ४ ल्याउने विद्यार्थीहरु अन्य विद्यालयमा पनि भएको तर ८ वटै विषयको लिखितमा पनि ए प्लस र प्रयोगात्मकमा पनि ए प्लस ल्याउने विद्यार्थी प्रजुना शंखदेव नै रहेकोले उनी मुलुककै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी भएको स्कुलका प्रिन्सिपल शंखदेवको दावि गर्नुभएको छ । 

...

All Comments.......


Please Login/Register To Comments