भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा चौधौंं नगरसभाको बैठक आज पनि चालु रह्यो । 
नगरसभाको आजको बैठकले भक्तपुर नपाअन्तर्गत सञ्चालित शैक्षिक संस्थाहरु, ख्वप अस्पताल, देको मिवा आवास योजनालगायतको लेखा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले पारित गर्यो । त्यस्तै भक्तपुर नगरपालिका न्यायिक समितिको प्रतिवेदन र भक्तपुर नगरपालिकाका कर्मचारीहरुको तलबी प्रतिवेदन, भक्तपुर नपाको वार्षिक खरिद योजनालगायत विविध प्रस्तावहरु पनि नगरसभाले सर्वसम्मतिले पारित गरेको छ । 
सभामार्फत नगर प्रमुख प्रजापतिले कानुनले स्थानीय तहको बेरुजु फछ्र्योटको अधिकार नगरसभालाई दिएको बताउनुभयो ।
बैठकमा न्यायिक समितिका संयोजक रजनी जोशीले न्यायिक समितिको प्रतिवेदन, लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले लेखा समितिको प्रतिवेदन, भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाका कर्मचारीहरुको तलबी प्रतिवेदन, भक्तपुर नपाको वार्षिक खरिद योजनालगायत विविध प्रस्ताव र विधायन समितिका संयोजक हरिराम सुवालले स्थानीय सेवा (कर्मचारी) गठन, सञ्चालन र व्यवस्थापन, सेवा, शर्त तथा सुविधा सम्बन्धमा बनेको विधेयक — २०८० छलफलको लागि सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।
सभाको अर्को बैठक असार २९ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

...

All Comments.......


Please Login/Register To Comments