सम्पर्क विहिन भएको मनाङ्ग एयरको हेलिकप्टरको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। सोलुखुम्वुको लामजुरा क्षेत्रमा हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए।

'सोलुदुधकुण्ड नगरपालिका वडा २ मा पर्ने लामजुरा क्षेत्रलाई केन्द्रित गरेर खोजी सुरु गरिएको छ', प्रजिअ भट्टराईले भने, 'प्रहरी पुग्न अझै एक घन्टा लाग्छ, खोजी जारी छ।  '

हेलिकप्टर हराएको क्षेत्रमा आगो देखिएको स्थानीयले बताएको प्रजिअ भट्टराईले बताए। साै क्षेत्रका स्थानीयले आगो देखिएको भनेका छन् तर पुष्टि भएको छैन, ' प्रजिअ अधिकारीले भने, 'स्थानीयले आगो देखिएको भने पनि सुरक्षाकर्मीले देखेका छैनन्, यसै भन्न सकिन्न।'

हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए। पाइलट चेतबहादुर गुरुङ र पाँच म्याक्सिकनहरु रहेको बताइएको छ।

...

All Comments.......


Please Login/Register To Comments