भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाको पहिलो साधारणसभाको तयारी बैठक भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले शाखाको पहिलो साधारणसभा असोज १७ गते शनिबार गर्ने निर्णय गरेको छ । साधारणसभाले सचिव रेणु त्वानाबासुले तयार पारेको प्रतिवेदन र कोषाध्यक्ष कृष्णराम प्रजापतिले साधारण सभामा प्रस्तुत गर्न तयार पारेको प्रतिवेदन शंशोधनसहित पारित गरेको छ ।
साधारणसभा दुई चरणमा गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा परिचयात्मक कार्यक्रम र दोश्रो चरणमा साधारणसभा गर्ने निर्णय भएको हो । साधारणसभा अघि साधारणसभा अगाडि वितरण गरिएको नयाँं सदस्ताता प्राप्त व्यक्तिहरुसँंग परिचयात्मक कार्यक्रम हुने भएको हो । साधारणसभा अघि वितरण गरिएको सदस्यता दुई दर्जन जना नयाँं व्यक्तिहरुले प्राप्त गरेका छन् ।
साधारणसभामा संघका केन्द्रिय कार्यबाहक अध्यक्ष केवी सम्राट, संघका काठमाडौं र ललितपुर अध्यक्षलाई आमन्त्रण गर्ने निर्णय गरियो । बैठक संघका अध्यक्ष डा इन्दुल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments