भक्तपुर । हालै सार्वजनिक एसइइको परीक्षामा आफनो छात्राले मध्यपुर टप गरेको मध्यपुर बहाखा बजारस्थित एउटा स्कुलले गरेको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं ६ बाहखा बजारस्थित होली गार्डेन इगलिश सेकेण्डरी स्कुलले विहीबार पत्रकार सम्मेलन गरी आफना छात्राले मध्यपुरभरिमा सवैभन्दा वढी नम्वर ल्याएको दावी गरेको हो । 
हालैको एसइइ परीक्षामा सो स्कुलकी छात्रा प्रजुना शंखदेवले सैद्धान्तिक र व्यवहारिक परीक्षाका सवै विषयमा ए प्लस ल्याउन सफल भएकी थिइन् । हालको शिक्षा प्रणाली अनुसार चार जीपीए ल्याएर सवै विषयमा ए प्लस आउनु सर्वाेत्कृष्ट नतिजा हो । यो भन्दा वढी उत्कृष्ट नतिजा छैन । 
स्कुलका प्रिन्सिपल रत्नमान शंखदेवले स्कुलले मध्यपुर थिमि नगरपालिकामै पहिलो पटक गणित ल्याव स्थापना गरी विद्यार्थीलाई प्रयोगात्मक पढाई गर्दै आएको जनाए । धेरै स्कुलहरुमा साइन्स ल्याब, कम्प्युटर ल्यावहरु थिए, उनले भने, हामीले गणिगतको पनि ल्याव राखेपछि अहिले देशका धेरै स्कुलहरुले पनि यो ल्याब राख्न थालेका छन् । 
स्कुल व्यवस्थापन समितिका अध्यक्ष नरगोविन्द शंखदेवले अभिभावक, विद्यार्थी, शिक्षकशिक्षिका सवैको सामूहिक प्रयासका कारण सफलता मिलेको सुनाए । स्कुलका भाइस प्रिन्सिपल महेश राईले आफना विद्यार्थी मध्यपुर थिमि टप भएको ठोकुवा गरे । स्कुलले प्रत्येक वर्षको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल हुँंदै आएको उनले बताए । नेपाली शिक्षक दीपक लम्सालले स्कुलका विद्यार्थीले प्रत्येक वर्षको एइइ परीक्षामा नेपाली विषयमा पनि निरन्तर उत्कृष्ट नतिजा ल्याउँंदै गरेको जनाए । चार जीपीए ल्याउने छात्रा प्रजुनाका पिता हरिओम शंखदेवले साधारण परिवारको साधारण स्कुलले पनि महेनेत गरेका कारण छोरीको राम्रो नतिजा आएको सुनाए । 
यो पटकको एसइइ परीक्षामा मध्यपुर थिमि नगरपालिका क्षेत्रबाट ६ जना र भक्तपुर र सूर्यविनायक नगरपालिकाबाट चारचार जना गरी भक्तपुर जिल्लाबाट कुल १४ जनाले चार जीपीए ल्याएका थिए । 

...

All Comments.......


Please Login/Register To Comments