श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालय, लोंल, ललितपुरको ललितपुर महानगरपालिका वडा नं १२ बखुंबहालमा नवनिर्मित भवन समुद्घाटन, वडा नं ८ लोंलमा निर्मित सत्यमोहन सभाहलको समुद्घाटन, वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीको प्रतिमा अनावरण र विद्यालयको मुखपत्र श्री शान्ति सत्यमोहन विशेषांक बिमोचन प्रमुख अतिथि बागमती प्रदेशका माननीय मन्त्री रामकृष्ण चित्रकारबाट आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथि मन्त्री चित्रकारले आफ्नो टोलको ईतिहास बोकेको एक प्रतिष्ठित सामुदायिक विद्यालयको विकासको लागि केही योगदान गर्न सकेकोमा आफू गौरवान्वित भएको बताउनुभयो । साथै विद्यालयको लागि आफू सधै क्रियाशील रहने पनि बचनबद्धता ब्यक्त गर्दै यस वर्ष प्रदेश सरकारबाट विद्यालयको लागि रु २०लाख बिनियोजन गरेको पनि बताउनु भयो । वडा अध्यक्ष बाबुरत्न महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका प्र अ हरिदेव यादवले विद्यालयको गतिविधि सहित स्वागत मन्तव्य राख्नुभएको थियो ।
विद्यालय सल्लाहकार समितिका अध्यक्ष, भवन निर्माण समितिका अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अजरमान जोशीले स्थापनाकालदेखि विद्यालयको ईतिहास र भौतिक पूर्वाधार निर्माण सम्बन्धमा प्रकाश पार्नुका साथै विद्यालयका संस्थापक वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गर्दै वहाँको चीर शान्तिको कामना गर्नुभयो । सो अवसरमा पूर्व प्रदेश सांसद माधव पौडेल, शिक्षा समन्वय अधिकारी राठौर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक सिध्दिबिक्रम शाह, राज दल गणका गणपति प्रमुख सेनानी केशर बुढाथोकी, शसस्त्र प्रहरी दक्षिणकाली गणका गणपति श प्र उ सुमन जंग थापा, पूर्व प्रदेश सांसद शोभा शाक्य,वांगमय शताब्दी पुरुषका जेष्ठ सुपुत्र अणुराज जोशी लगायतको उपस्थिति थियो ।
...

All Comments.......


Please Login/Register To Comments