भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ फैढोका सुवेदी टोल धाराकुलोमा सोही स्थान बस्ने बर्ष ४३ की नरबदा सुबेदीको काचो ईटा र माटोले बनेको दुई तले जस्ताले छाएको गोठबाट सोमबार ११ः४५ बजे बोका चोरी भएको छ । अपरिचत व्यक्तिले ढोकाको चुकुल मात्र लगाएको अवस्थामाभित्र प्रवेश गरी अन्दाजी १८÷ २० के.जी. को १ वटा बोका चोरी लगेको प्रहरीले जनाएको छ । बाटोमा रगतसमेत देखापरेको भन्ने खवर प्राप्त हुनासाथ प्रभाग सुडालबाट प्र.व.ना.नि. सुरेश के.सी. को कमाण्डमा ४ जनाको टोली खटिगएको प्रहरीले जनाएको छ । घटनाबारे अनुशन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त स्थान वृत्त जगातीबाट ६ कि.मी. पूर्व उत्तर पर्दछ ।
...

All Comments.......


Please Login/Register To Comments