केके मानन्धर 
‘तुयू मैंचा हाकु मैंचा’ बोलको नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीत र संगीत क्षेत्रका नव गायकद्वय शिरिष र सुजल मानन्धरको स्वर रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा हास्य कलाकार सुरेन्द्र मानन्धरको रचना र निर्देशन रहेको छ । डान्सिङ विट रहेको भिडियोमा नवप्रवेशी कलाकार तृषा मानन्धर र सलिशा मानन्धरको अभिनय रहेको छ ।
नेवाः एचडी टेलिभिजनबाट वल्र्ड प्रिमियर गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले गीत र संगीत क्षेत्रमा नयाँ कलाकारहरुको प्रवेश अनिवार्य रहेको बताए । उहाँले औपचारिक शिक्षासँगै संगीत क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालभाषाको गीत र संगीतलाई पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रिमियर गरिएको गीतमा सुरेनमान शाक्य र सुरेन्द्र मानन्धरले संयुक्त रुपमा लय भरेका छन् । अन्जन श्रेष्ठले एरेन्ज गरेको गीतमा ईन्द्र मानन्धरको इडिटिङ र अमन महर्जनको सिनेमाटोग्राफी रहेको छ । गीतमा किरण जोशी र रबिता बकेले नृत्य निर्देशन गरेका छन् । कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, सिनेकर्मी तथा पेजथ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्य, समाजसेवी रामकृष्ण खड्गी ‘जुजु’, सञ्चार उद्यमी नवीन जोशी, कलाकारहरु क्रमशः सिरु, विमला मानन्धर, लजना, सुरेश मानन्धर, ध्रुव कपालीलगायतको सहभागिता थियो ।
...

All Comments.......


Please Login/Register To Comments