भक्तपुर । च्याम्हासिंह रोड स्थित समय बचत तथा ऋण सहकारी संस्था लि. को ऋण र व्यवसाय प्रवद्धन उपसमितिको आयोजनामा दुई महिने मोटरसाईकल मर्मत तालिम कार्यक्रमको सुरुवाट संस्थाको कार्यालय भवनमा शुरु भयो ।
संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजू ज्यूले यस संस्थाले समुदायमा आधारित भई सदस्य एवं गैर सदस्य महानुभावहरुको लागि बिभिन्न शिपमुलक तालिम लगायतका कार्यक्रमहरु गदै आएको बताउनु भयो । साथै उहाँले  समुदायमा आधारित नभएको संस्थाले सदस्यहरुको बचत फिर्ता दिन नसकेका घटनाहरु भईरहेकोले हामीले जहिले पनि  समय साकोस जस्तै समुदायमा आधारित संस्थामा मात्र आफनो बचत रकम जम्मा गर्नु भएमा आफनो कमाई सुरक्षित हुने बताउनु भयो ।
साथै उहाँले हाम्रो संस्थाको उद्देश्य लक्ष्य अनुसार आर्थिक रुपमा बचत तथा ऋणको कारोवार मात्र सिमित नराखी युवा साथीहरुलाई आत्मनिर्भर, सक्षम एवं जीबन उपयोगी ज्ञान प्रदान गर्ने विविध तालिम संचालन गर्ने क्रममा दुई महिने मोटरसाईकल मर्मत तालिम सुरु गरेको बताउन्दै  प्रशिक्षार्थी महानुभावहरुले पनि मेहनत गरेर सिक्न सकुन र आफुलाई तालिम लिएर योग्य बन्नुु हुनेछ भनि हार्दिक सुभकामना पनि व्यक्त गर्न गर्नु भयो ।
प्रशिक्षक जीवन सुवालले उत्साहप्रद सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको सुरुदेखि अन्तसम्म निरन्तर सहभागी भई मेहनतका साथ मोटरसाईकल मर्मत तालिम लिए पछि आफुले पनि सिकाउन सकिने मात्र नभई दक्ष शिप हार्सिल गर्न सकिने बताउनु हुन्दै सो प्रशिक्षण कार्यमा आफुले मेहनतका साथ प्रशिक्षार्थीहरुलाई दक्ष बनाउन सहयोगी भावबाट तालिम दिने  बताउनु भयो । 
संस्थाका उपाध्यक्ष एवं ऋण उपसमिति संयोजक चन्द्रकृष्ण ग्वाछा ज्यूको सभापतित्वमा सुरुवाट भएको सो कार्यक्रम संस्थाका सचिब लक्ष्मीप्रसाद छुस्यावागले संचालन गरेको सो कार्यक्रम दुई महिनासम्म निरन्तर संचालन हुने जानकारी गराउनु भयो  । 

...

All Comments.......


Please Login/Register To Comments