भक्तपुर - नेपाली आधुनिक गीतका लोकप्रिय र चर्चित कृतिशेष गायक अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा भक्तपुरमा अरुण थापा स्मृति साँझ–२०८० समापन भएको छ । आयोजक रागरागिनी इन्टरटेन्मेन्टले शुक्रबार काठमाडौं फन भ्याली पलाँसेमा अरुण थापा स्मृति साँझ–२०८० आयोजना गरेको हो । भक्तपुरको पलाँसेस्थित काठमाण्डौं फन भ्यालीको प्रायोजनमा र रागरागिनी इन्टरटेन्मेन्टको अयोजनामा भएको उक्त कार्यक्रममा चर्चित गायक गायिकाहरूले कृतिशेष गायक अरुण थापाका गीतहरू प्रस्तुत गरेका छन् । गायक थापाका गीतहरुलाई गायक गायिकाहरू अजर जंगमले 'जति माया लाए पनि' गायिका कल्पना श्रेष्ठले 'याे मनकाे के भर हुन्छ' गायक प्रनिल पलिखेलले 'चाेट के हाे, व्यथा के हाे' गायिका सानुमाया धाैभडेल 'आँखाकाे निद चाेरी लाने' गायक कपिल कसपालले 'दुई दिनकाे जीवन' गायिका राेजी श्रेष्ठ 'भुलुँ भुलुँ लाग्याे' बाेलकाे गीत गाएका थिए । गायक एञ्जेला श्रेष्ठ, दिनेश न्यौपाने श्रेय अगस्ति,सुनिल लोहला लगायतले गायक थापाका गीतहरू प्रस्तुत गरेका हुन् । कार्यक्रममा गीतकार तथा उपन्यासकार जितेन्द्र रसिकले गायक अरूण थापाकाे जीवन र सांगीतिक याेगदानकाे संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रममम वरिष्ठ गीतकार सुवाषचन्द्र ढुंगेल गायक अरूण थापा स्मृति दिवस १२ वर्ष अघि बाट आफु र चलचित्र समिक्षक प्रकाश सायमीकाे पहलमा दिवस मनाउन थालिएकाे बताउनु भयाे । उक्त दिवसलाई यश वर्ष रागरागीनी इन्टरटेन्टमेन्ट भक्तपुरले आयाेजना गरेकाे उक्त कार्यक्रममा संयाेजक कपिल कसपालकाे भूमिका महत्वपूर्ण रहेकाे बताउनु भयाे । ढुंगेलले गायक थापासँग जाेडिएकाे साँगीतिक यात्राकाे स्मरण गर्नु भयाे । त्यस्तै काठमाडौं फन भ्याली डा. गाेविन्द नेपालीले काठमाडौं फन् भ्यालीले हरेक दिनकाे सुरूवात गीत संगीतबाटै हुने गरेकाे र त्यसमा गायक अरूण थापाका गीतहरू प्रस्तुत गरेर अरूण थापाकाे सांगीतिक याेगदानलाई स्राेतामाझ पस्किरहेकाे बताउनु भयाे । दिउँँसो दुई बजेबाट सुरु भएको कार्यक्रम साँझ ५ बजेसम्म चलेको थियो । कार्यक्रममा दर्शकका लागि प्रवेश निःशुल्क गरिएको थियो । नेपाली सुगम संगीतलाई जिवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य भएकाले गायक अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा अरुण थापा स्मृति साँझ–२०८० आयोजना गरिएको रागरागिनी इन्टरटेन्मेन्टका अध्यक्ष एवम् कार्यक्रम संयोजक तथा गायक कपिल कसपालले बताउनु भयो । कसपालले कृतिशेष गायक स्व. अरुण थापालाई जिवन्त राख्न यस्ता कार्यक्रमले सघाउने बताउनु भयो । कार्यक्रम सञ्चारकर्मी विजय हाछेथुले सञ्चालन गरेका थिए । कार्यक्रममा चलचित्रकर्मी, गीतकार, साहित्यकार, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र कलाकारहरूकाे बाक्लाे उपस्थितिले हल खचाखच भरिएकाे थियाे । कार्यक्रमलाई भादगाउँ टेलिभिजन, भक्तपुर एफ एम र रागरागिनीको अफिसियल युट्युवबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कार्यक्रमको टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, रेडियो पार्टनर भक्तपुर एफएम, अनलाइन पार्टनर आइकनखबर डटकम, फोटोग्राफी पार्टनर डायनामिक मल्टी मिडिया प्रडक्सन, टेक्निकल सपोर्ट एभरेष्ट इङ्गलिस स्कुल, म्युजिक को अर्डिनेट पार्टनर संगीत ग्राम गुरुकुल नेपाल, मिडिया पार्टनर अन्नपूर्ण पोष्ट र बैंकिङ पार्टनर नविल बैंक रहेको थियो । अरुण थापा स्मृति साँझ–२०८० को प्रायोजक काठमाडौं फन भ्यालीले स्मृति साँझकाे दिन फन भ्यालीमा रम्न चाहनेलाई प्रवेश टिकटमा २० प्रतिशत छुट दिएको थियो ।...

All Comments.......


Please Login/Register To Comments