भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय भक्तपुरमा सुरु भएको छ । बैठक आज शनिबार पनि चालू हुने जनाइएको छ ।
आजको बैठकमा केन्द्रिय सदस्यहरुको प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । साथै राष्टिय एवं अन्तर्राष्टिय प्रस्तावहरु सुझाबसहित पारित गरिने पनि जनाइएको छ । 
बैठक पार्टी अध्यक्ष नारायणमान विजुक्छें रोहितको अध्यक्षतामा सुरु भएको थियो । शुक्रबारको बैठकमा पार्टी सचिव प्रेम सुवालले पार्टीको प्रतिवदेन प्रस्तुत गरेका थिए । साथै केन्द्रिय समितिका सदस्यहरुको प्रतिवदेन पनि प्रस्तुति सुरु भएको थियो ।  

...

All Comments.......


Please Login/Register To Comments