भक्तपुर । कमलविनायक पोलिक्लिनिक लान्चाफल्चा भत्केपाटी भक्तपुर शुभारम्भको अवसरमा शनिबार कमलविनायकमा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा तीन सय ५० जना भन्दा वढी विरामीहरुले सेवा पाएको पोलिक्लिनिकका प्रबन्ध निर्देशक डा विवेक बासुकलाले बताए । भक्तपुर नगरपालिका क्षेत्रबाहेक चाँंगुनारायण नगरपालिका क्षेत्रका विभिन्न वडाहरुबाट पनि सेवाग्राही सेवा लिन पुगेका थिए । 
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ, जनरल मेडिसिन, वालरोग विशेषज्ञ, जनरल सर्जरीलगायतका विशेषज्ञ सेवाहरु दिइएको थियो । साथै प्रयोगशालामा ४० प्रतिशत छुट तथा रेडियोलोजी सेवा (भिडियो एक्स रे) मा ५० प्रतिशत छुट प्रदान गरिएको थियो । शिविर विहान ८ बजेबाट सुरु भई दुई बजेसम्म चलेको थियो ।  
शिविरमा विशेष गरेर हाडजोर्नीका विरामीहरु धेरै आएको जनाइएको छ । हाडजोर्नीका एक सय ४० जनाले सेवा लिएको जनाइएको छ । साथै दोश्रो वढीमा जनरल मेडिसिनमा एक सय २० जनाले सेवा लिएको जनाइएको छ । फिजियोथेरापीमा ५१ सेवा लिएको जनाइएको छ । 
सामाजिक उतरदायित्व अन्तर्गत जिल्लाबासीको स्वास्थ्य सुधारका लागि जिल्लाका विभिन्न ठाउँंहरुमा महिना वा दुई महिनामा एक पटक गरेर निरन्तर यस्ता शिविरहरु सञ्चालन गर्दै जाने योजना पोलिक्लिनिकले राखेको छ । शुभारम्भको अवसरमा भएको पहिलो शिविर हो । 

...

All Comments.......


Please Login/Register To Comments