श्रावण १४ नेपाली कांग्रेस टोखा नगर कार्यसमितिको प्रथम नगर सम्मेलन कार्यक्रम सदभाव पार्टी प्यालेस टोखा ३ मा सम्पन्न भएको छ। कार्यक्रमका सभापति टोखा नगरपालिकाका नगर सभापति ओम कृष्ण बिमली, प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता माननीय अर्थ मन्त्री डा. प्रकाशशरण महत, विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय प्रदीप पौडेल, काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुत), पूर्व रक्षा मन्त्री भिमसेन दास प्रधान, क्षेत्र नं.५का क्षेत्रीय सभापति प्रदेश माननीय सासद श्याम बहादुर खड्का, प्रदेश माननीय सासद हरिप्रभा खड्गी रहेको थियो। नेपाली कांग्रेसका नगरका सभापति ओम कृष्ण बिमलीले स्वागत मन्तव्य राखेका थिए।भने कार्यक्रमका विशिष्ट अतिथि पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान र प्रदेश माननीय सांसद हरिप्रभा खड्गी क्षेत्र नं ५का केन्द्रीय सांसद माननीय प्रदिप पौडेल र क्षेत्रीय सभापति प्रदेश माननीय सांसद श्यामबहादुर खड्का सबैले आ-आफ्नो तर्फबाट मन्तव्य राखेका थिए। मन्तव्यमा नेपाली कांग्रेस पार्टीलाई कसरी उत्थान गर्ने पार्टीका कार्यकर्ताहरुलाई कसरी सक्रिय बनाउने पार्टी कतातिर धल्किएको छ । भने बिषयमा चर्चा भएको थियो। भने आजको जमानामा सामाजिक संजालमाके लेख्ने र के नलेख्ने भन्ने विषयमा आफूले नै सही र गलत छुटाउन सक्ने पार्टीका कार्यकर्ताहरु रहेको कारणले त्यो ठूलो विशेष हैन भन्ने विषयमा नेताहरुले आफ्ना भनाइहरु प्रस्तुत गरेका थिए। त्यसैगरी पार्टीले यसरी कार्यक्रमहरु गर्दा आफूहरुलाई खुसी रहेको बताए। पार्टी सफल हुन महिलाहरूको पनि साथ र सहभागी हुँदा अझ भाटी सफल हुने प्रदेश माननीय सांसद हरिप्रभा खड्गीले बताए। क्षेत्र नम्बर ५ मा भएका समस्यालाई चाँदै समाधान गर्न आफू लागिपरेको र टोखा नगरलाई पनि समस्याको समाधान गर्न सक्दो प्रयासमा सफल पार्न आफू लागिरहेको माननीय सांसद प्रदीप पौडेलले बताएका छन्। अब नेपाली कांग्रेस कसरी अगाडि बढ्ने र किन यो अवस्थामा रहेको भन्ने विषयमा नेपाली कांग्रेस पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले माथिल्लो स्थानमा नै कांग्रेस खस्किरहेकोले तल तल को स्थानमा कांग्रेसको टिमलाई गाह्रो भएको बताए। क्षेत्रिय सभापति खड्काले ६,६ महिनामा यसरी नै नगर सम्मेलन कार्यक्रमहरु गर्दै पार्टी अगाडि बढ्नुपर्ने बताए। नगर वडा बाट पार्टीका कार्यकर्ताहरुलाई सक्रिय बनाउन पार्टी अगाडि सार्न यस्ता कार्यक्रमहरु गर्दै जाँदा धेरै कुरा सिक्ने बुझ्ने मौका मिल्ने भएकोले भोलि पार्टीलाई पनि सजिलो हुने बताएका थिए। सामाजिक सञ्जालमा आफूहरु सक्रिय हुनु राम्रो रजनी थापाले बताए। सामाजिक सञ्जालका साधनहरुमा tik tok, viber, watsup, twitter,जस्ता सञ्जालमा आफुहरु सधै सक्रिय भएर लागिरहनु पर्छ उहाँले बताउनुभयो। त्यसैगरी कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य रत्न महर्जनलाई सम्मान गरेको थियो। त्यसैगरी कार्यक्रममा क्षेत्र नं.६ का क्षेत्रीय सभापति श्याम कृष्ण खड्का, बागमती प्रदेश सदस्य हरिहर अधिकारी, बागमती प्रदेश सदस्य बिधा बराल, बागमती प्रदेश सदस्य इन्दिरा चौलागाई, क्षेत्र नं.६ प्रदेश (क) सभापति श्याम राज तिवारी, प्रदेश (ख) सभापति विष्णुभक्त तिमिल्सिना, क्षेत्र नं ५ (ख) सभापति राजु खड्का, टोखा नगर उपप्रमुख मुरारी तामाङ, टोखा वडा ३ इकाई सभापति अष्ट कुमार श्रेष्ठ,वडा २का सभापति हेराकाजी महर्जन डंगोल, महाधिवेशनका प्रतिनिधिहरु, जिल्ला सदस्यहरु,वडा सभापतिहरु, क्षेत्रीय कार्य समितिका पदाधिकारहरु, प्रदेश कार्य समिति पदाधिकारीहरु, जिल्ला समन्वय समिति सदस्यहरु,नगर कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु,वडा कार्य समितिका पदाधिकारीहरु, आदिवासी संघ नेपाल तरुण दल नेपाली विधार्थी संघका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो।
...

All Comments.......


Please Login/Register To Comments