भक्तपुर । मनोरञ्जनका नयाँंनयाँं साधनहरु आए पनि भक्तपुरका एक थरीका नयाँं पुस्ता यहाँंका पुरानै बाजामा मस्त देखिएका छन् । धाँ बाजा (एक प्रकारको पुरानो बाजा) सिक्दै गरेकी कम्प्युरटर प्रशिक्षक प्रविना बनमालाले परम्परागत बाजामा एकदम रुचि भएर धाँं बाजा सिक्दै गरेको बताइन् । उनले ३ वर्ष अघि धिमे बाजा पनि सिकिसकेको स्मरण गरिन् । अहिले बासुरी, धिमे बाजामा महिलाको सहभागिता बढ्दै गएको देख्छु तर धाँ बाजामा अहिले पनि हाम्रो बुढापाका मात्रा भएका देख्छु र त्यसैले यसमा पनि महिलाको सहभागिता देखाउन बाजा सिक्दै गरेकी हुँं, उनले भनिन्, मलाई नेवारी सस्कृतिमा भएको सबै बाजा सिक्ने चाहनाका साथ बाजा सिक्दै गरेकी हु । समय मिलेसम्म सबै बाजा सिक्ने उनको योजना छ ।
२०६८ सालदेखि निरन्तर पुरानो बाजाहरुको निःशुल्क कक्षा चलाउँंदै आएको जिल्लाको लिवालीस्थित निओ फियुजन (सस्थाको नाम) का सञ्चालक बालकृष्ण बनमालाले पहिलेदेखि नै परम्परागत धिमे बाजा र धाँ बाजाको तालिम निःशुल्क संचालन गर्दै आइरहेको जानकारी गराए । संचालक बनमालाले पुराना बाजा बजाउने कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले धिमे र धाँ बाजा सिकाउँदै आएको सुनाए । अहिले बासुरी, पछीमा (बाजाको नाम) मा थप गरेका छौं, बनमाला भन्छन् । बाजामा कम्तीमा १०–१५ जनाको सहभागिता हुने उनको भनाई छ । उनले बाजा निःशुल्क नै तालिम दिंदै आएको छ ।
धाँ बाजा प्रशिक्षक सविन लैबाले ५ वर्षदेखि धाँ बाजा सिकाउँदै आएको बताए । टोल टोलमा र संघसस्थाहरुमा धाँ बाजा सिकाउँदै आएको उनी सुनाउँछन् । साथै उनले आफूले धाँ सिक्ने बेलामा कोही पनि महिला सहभागिता नभएको सम्झना गरे । तर अहिले यसमा पनि केही वर्षदेखि महिलाको सहभागिता बढ्दै आएकोमा उनी खुशी साट्छन् । विशेषगरी यहाँं बाजागाजा बेलुकीको समयमा सिकाइने प्रचलन रहेको उनी बताउँंछन् ।
अर्का धिमे बाजाको प्रशिक्षक उगेन बोयजुले लगभग १० वर्षदेखि टोलटोलमा तथा सघंसंस्थामा धिमेबाजा सिकाउदैँ आएको बताउँछन् । ११ वर्षमा सिकेर १२ वर्षको उमेरदेखि नै धिमेबाजा सिकाउन थालेको उनले बताए । धिमेबाजामा महिला पुरुषको सहभागिता बराबर जस्तै भएको अनुभब उनी सुनाउँछन् ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार नयाँ पुस्ता बाजागाजा बजाउनमा रमाएका छन् । बेलुकीको फुर्सदको समयको सदुपयोग गर्ने हेतुले बाजा सिक्ने प्रचलन चलिआएको उनको भनाई छ । उहिले गुथी, दाफाभजनमा केटाहरुलाई मात्र बाजागाजा सिकाइथ्यो तर अहिले सहकारी संस्था र विभिन्न बाजा समूहले केटाकेटी दुबैलाई बाजागाजा सिकाइराखेको छन्, उनी भन्छन् । केही वर्ष पहिला दाफा भजनबाट केटाहरुलाई मात्र सिकाउँदा बाजागाजा सिक्न आउनेको कमी र बाजागाजा नै लोभ हुने अवस्था सृजना भएको उनी सम्झिन्छन् । तर अहिले महिला पुरुष दुबैको सहभागिता भएपछि बाजागाजा सिक्न हरेक घरका केटाकेटीहरुले सहभागिता जनाउने गरेको पाइएको  उनी सुनाउँछन् ।
अधिकांश बाजागाजा प्रशिक्षणको अवधि ३ देखि ६ महिनासम्म हुने गरेको बताइन्छ । बाजागाजा सिकाएपछि यहाँं समापनमा भोजभटेरको आयोजना गरिन्छ । त्यो बेला सामूहिक पैसा राखेर भोजभटेर गरिन्छ ।

...

All Comments.......


Please Login/Register To Comments