भक्तपुर । साउन ४ गतेदेखि पटकपटक गरी अन्तिम पटक साउन १० गते सवा दुई बजे बलात्कार गरेको आरोपमा एकजना १९ वर्षीय युवक पक्राउ परेका छन् । भक्तपुरको मध्यपुर ठिमी न.पा ८ मिलरोड बस्ने बर्ष १२ की ती बालिकामाथि बलात्कार गरेको आरोपमा रुकुम मुसिकोट न.पा ३ घर भई हाल काठमाण्डौं नयाँबानेश्वर थापागाउँ बस्ने बर्ष १९ को बिबेक के.सीले पक्राउ गरेको हो । बालिकालाई फकाईफुलाई जबरजस्ती करणी गरेको भनी साउन १७ गते पीडितको आमाबाट प्राप्त मौखिक जानकारीको आधारमा ती युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । निज बिबेक के.सी.लाई बुधबार साँंझ साढे चार बजे काठमाण्डौ नयाँबानेश्वर आकाशे पुल छेउबाट वृत्त ठिमीबाट खटिएको सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो ।  प्र.स.नि. प्रेम ब. सिंदालीको ४ जना प्रहरी टोलिले नियन्त्रणमा लिई वृत्त ठिमीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निज बालिकाको स्वास्थ्य परिक्षण गराई आमाको जिम्मा लगाई पठाइएको छ । बालिका वस्ने घर वृत्त ठिमीबाट १ कि.मी पस्चिम पर्दछ ।

...

All Comments.......


Please Login/Register To Comments