नविना श्रेष्ठ
काठमाडौं । नेपाली काँग्रेस काठमाडौँ महानगर वडा नं २ को वडा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । वडा कार्य समितिका सभापति उत्तमराज भण्डारीको सभापतित्वमा कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं ५ का केन्द्रिय सदस्य सांसद प्रदिप पौडेल, क्षेत्र नं ५ का सभापति सांसद श्यामबहादुर खड्का, प्रदेश (ख) का सभापति रमेश डंगोल तथा विभिन्न तह र तप्काका सभापतिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम औपचारिक रूपमा नै गरेको हो । नेपाली काङ्ग्रेसलाई योगदान दिएका व्यक्तिहरुको सम्झनामा केही समय मौन धारणा गरेको थियो । नेपाली कांग्रेस पार्टी अगाडि बढ्नुपर्छ, केही कारणवश कमीकमजोरी भएको एक आपसमा छलफल गर्दै अघि बढे मात्र पार्टी बलियो रहने धारणा प्रस्तुत गरेका थिए ।
...

All Comments.......


Please Login/Register To Comments