भक्तपुर । भक्तपुर नगर क्षेत्रका ठेला गाडाहरु अन्य अव्यवस्थित पसल व्यवसाय पनि हटाउन थालेको छ । भक्तपुर नगरपालिकाले केही हप्ता अगाडी देखि सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्र भित्र अव्यवस्थित रुपमा राखेर धुम्ति व्यापार व्यवसाय गर्दै आएका ति व्यवसायलाई हटाउन थालेको हो । अतेर गर्ने व्यवसायको ठेला समेत जफत गरी नगर क्षेत्रका अव्यवस्थित फुटपाटलाई ब्यवस्थित गर्न थालेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिएको छ । वडा निरिक्षक प्रजापतिका अनुसार हिजोबाट ठेल्ला हटाउने अभियान सुरु गरेको हो । सार्वजनिक सूचना संचार माध्यमबाट दिएर गाडीबाट हप्तौं पहिलेदेखि माइकिङ गरेपनि अटेर भइ बाटोमा बटुवाहरू आवात जावत गर्न अवरोध र गाडी जाम भइ दुर्घटना समेत हुने सम्भाबना भएकोले अटेर भएको गाडा उठाएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।  बाराही स्थान सूर्यविनायकबाट सुरु भएको ठेला हटाउने अभियान अन्तर्गत आज कमलविनायक, भाने र हाकुफो हिटीसम्म पुगेको छ । हिजो १५ वटा र आज १५ वटा गरी अहिलेसम्म ३० वटा ठेला पसलेहरु नियन्त्रणमा आएको वडा निरिक्षक प्रजापतिले बताए । भक्तपुर नगरपालिकाले नगर क्षेत्रको सडकपेटी र फुटपाथमा पसलको सामान राख्ने, साइकल, ठेलागाडा, गाडी, धावा पसल राख्ने र घुम्ती पसल व्यवसाय सञ्चालन कार्यले सर्व सधाराणको आवजावतमा अवरोध हुनुका साथै सवारी दुर्घटनामा समेत हुन सक्ने भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गर्दै त्यस्तो व्यवसायलाई हटाउन थालेको होे । नगरपालिकाको आह्वानलाई अवज्ञा गरेको भन्दै नगरपालिकाले सडक पेटी र फुटपाथमा पसलको सामग्री राखेका, साइकल, ठेलागाडा, गाडी धावा तथा घुम्ती पसलका साथै अनधिकृतरुपमा राखिएका सामग्री र निषेधित क्षेत्रमा सञ्चालन गरिएका व्यवसायहरुलाई उठाई वा हटाई नियमानुसार कारर्बाही गर्न थालेको हो । नगरपालिकाको यो अभियानले न्यून आय भएका व्यवसायलाई मारमा पारेको प्रतिकृया आउन थालेको छ । काठमाण्डौ महानगरपालिकामा जस्तै भक्तपुर नगरपालिका क्षेत्रमा त्यस्तो अनधिकृत व्यवसायमा रोक लागेपछि देशका विभिन्न क्षेत्रबाट भक्तपुर आएर व्यवसाय प्रवर्धन गर्दै आएका समुदायलाई समस्या भएको गुनासो हुन थालेको हो । काठमाण्डौमा व्यवसाय प्रवर्धन गर्न नदिएपछि भक्तपुरसम्म ठेला र साइकलमा व्यवसाय गर्नेहरुको माहोल बढेपछि सार्वजनिक क्षेत्रमा समेत सर्व साधारणलाई आवजावत गर्न गाह्रो भएपछि सर्वसाधारणहरुको गुनासोका आधारमा पनि नगरपालिकाले यो कदम चालेको जानकारहरु बताउँ छन् ।

...

All Comments.......


Please Login/Register To Comments