भक्तपुर । भक्तपुरको लोकन्थलीबाट १५ लाख जाली नोट फेला परेको छ । जिल्लाकै चाँगुनारायण न.पा.४ चाँगु बुढाथोकी गाउँं घर हुने मध्यपुर ठिमी न.पा.१ लोकन्थली बस्ने मनिष लुईटेलको साढे १ तले पक्की घरमा डेरागरी बस्ने जि.सि.पा.बलेफी न.पा.७ घर भई हाल चाँगु बस्ने वर्ष ४० को अर्जुन सुवेदीको कोठाबाट ती नेपाली जाली (नक्कली ) नोट र सामानहरु फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई जाली नोट सहित वृत थानकोट र प्रभाग चाँगुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धानको लागी हाल वृत थानकोट काठमाडौमा राखिएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान ०९ः०० बजे काठमाडौंको थानकोटबाट ती मानिसहरुलाई नेपाली जाली (नक्कली) नोट सम्बन्धि  नियन्त्रणमा लिई प्रभाग थानकोटमा राखिएकोमा आवश्यक अनुसन्धान गर्ने क्रममा साँझ ६ बजेको समयमा ती नोटहरु फेला पारिएको हो ।
निम्न
१) जि.सि.पा.बलेफी न.पा.७ घर भई हाल ऐ.चाँगु बस्ने वर्ष अं ४० को अर्जुन सुवेदी ।
२) जि.सि.पा.सुनकोशी गा.पा.६ घर भई हाल का.जि.मुलपानी बस्ने वर्ष २१ को मिलन भण्डारी ।
३) ऐ.घर भई हाल ऐ.बस्ने वर्ष २३ को श्रीकृष्ण भण्डारी ।
४) जि.सि.पा.सुमकोशी गा.पा. ६ घर भई हाल का.जि.पेप्शीकोला सनसिटी बस्ने वर्ष २६ को सुसिल कार्की।
५) ऐ.घर भई हाल का.जि.मुलपानी बस्ने वर्ष ३२ को शिव भण्डारी ।
६) जि.नवलपरासी सराबल गा.पा.१ घर भई हाल का.जि.बस्ने वर्ष ३५ की पार्वती नेपाली ।
७) जि.गुल्मी वडागाउ गा.पा.२ घर भई हाल सामाखुशी बस्ने वर्ष २७ को सागर आचार्य ।
८) जि.अछाम घर भई हाल का.जि.मातातिर्थ बस्ने वर्ष २३ को अर्जुन बुढा ।
९) जि.झापा घर भई हाल का.जि.सामाखुशी बस्ने वर्ष २४ को युवराज राई 
बरामद सामान
१) नेपाली जाली नोट १५०० वटा रु १५,०००,०० बराबरको 
२) कलर प्रिन्टर १ थान 
३) कम्युटर १ थान (सेट)
४) मोबाईल १२ थान
५) ४ वटा स्कुटी।मो.सा.
...

All Comments.......


Please Login/Register To Comments