भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पछिल्ला केही दिनयता देशभर नै आँंखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस) संक्रमण वढ्दै गएको भन्दै सोमबारदेखि स्कुलहरु बन्द गर्न सूचित गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत ज्ञानेन्द्रप्रसाद भटले नगरका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिन सूचित गरेका हुन् । नगरपालिकाका प्रमुखस्तरीय निर्णय अनुसार विदा गर्न सवै स्कुलहरुलाई सूचित गरेको उनले जनाए । विद्यालयहरुमा अध्ययन अधयापनरत शिक्षक एव्ं विद्यार्थीहरु संक्रमित हुने क्रम वढ्दै गइरहेकाले आइतबारको निर्णय अनुसार स्कुल विदा दिन भनेको छ । भाइरत संक्रमण रोक्नका लागि चेन ब्रेक गर्नुपर्ने भएको भन्दै उसले विदा दिन सूचना जारी गरेको छ । हाललाई दुई दिन विदा दिन उसले सूचित गरेको छ । 

...

All Comments.......


Please Login/Register To Comments