काठमाडौं ।  जहाँ गए पनि डर छैन मलाई, अब त साइको भाछैन मलाई
फ्री भाछु अहिले, गर्लफ्रेण्ड छोडे मैले...

गायक बिक्रम जङ्ग शाहको 'गल्फ्रेन्ड छोडे मैले...' गीत सार्वजनिक भएको छ । गीतमा गायक शाहलाई लोकप्रिय गायिका टीका पुनःले स्वरमा साथ दिएकी छिन् । नायक पल शाह, बिजय पुन, बिष्णु पुन, यानी पुनको अभिनय रहेको यो गीतमा यज्ञ वि.क.को लय,शब्द रहेको छ ।

बिनोद बाजुरालीको संगीत संयोजन र बिक्रम चौहानको निर्देशन रहेको गीत उद्दार म्युजिक अफिसियल मार्फत बजारमा ल्याइएको छ ।

गीतमा केटा साथी र केटी साथी बिचको माया प्रेमका बिच शंका उपशंका र असमझदारीका कारण साथ छोडेपछीको स्वतन्त्रता दर्शाइएको छ ।  टिफिकल गीत गाउन अब्बल गायक शाहले यस अगाडी माइला, खोला खोल्सी , ज्यानलाई भो खतरा,टिलपिल तारा,मनमा तिमी लगायतका गीतहरुले चर्चा कमाईसकेका छन ।

शाहले नेपाली चलचित्रमा निर्माता - नायकको रुपमा समेत भुमिका निर्वाह गरिसकेका छन ।

...

All Comments.......


Please Login/Register To Comments