भक्तपुर, ३० श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कलेज स्कूलहरुको क्यान्टिनहरु र सामुदायिक स्कूलको दिवा खाजाबारे र त्यसको भान्छा कोठाहरुको अनुगमन गरियो । अनुगमनमा भान्छा कोठाहरु व्यवस्थित नभएको, फोहर देखिएको र ठाउँको अभाव देखिएको संयोजक गोराले बताउनुभयोे । 
भक्तपुर बहुमुखी क्याम्पसको सदाबहादर चमेना गृहलाई दर्ता प्रमाणपत्र लिई तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । सरसफाईमा ध्यान दिन, मुल्य सुचि फ्लेस बोर्डमा देखिने गरी राख्न, तेलमा तीन पटक भन्दा बढी नपाकाउन र भान्छामा काम गर्ने कामदार र कुकहरुले एप्रोन, हेयरनेट, माक्स–पञ्जा प्रयोग निर्देशन दियो । 
गणेश मध्यामिक विद्यालय भार्वाचोमा सरसफाइमा ध्यान दिन, भान्छाको कोठा सरसफाईमा ध्यान र व्यवस्थित गर्न, खाना छोपेर राख्न र दराज राखी सामानहरु व्यवस्थित रुपमा तह लगाउन निर्देशन दिई भान्छामा काम गर्ने कामदार र कुकहरुले एप्रोन, हेयरनेट, माक्स–पञ्जा लगाउन निर्देशन दियो । 
मेघा मा.बि.मा भान्छाको कोठा सरसफाईमा ध्यान दिन, भान्छामा काम गर्ने कामदार र कुकहरुले एप्रोन, हेयरनेट, माक्स–पञ्जा लगाउन निर्देशन दियो । 
बासु मा.बि. कालिघाटमा सरसफाइमा ध्यान दिन, भान्छाको कोठा सरसफाईमा ध्यान दिई व्यवस्थित गर्न, खाना छोपेर राख्न र भान्छामा काम गर्ने कामदार र कुकहरुले एप्रोन, हेयरनेट, माक्स–पञ्जा लगाउन, मुल्य सुचि राख्न, शिशुको भान्छा कोठा व्यवस्थित र सफा गर्न र भान्छा कोठामा अनावश्यक सामाग्रीहरु नगराख्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बतायो । 
अनुगमनमा अनुगमन समितिका सदस्य ज्ञान बहादुर मानन्धर, रोशनमैया सुवाल, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक बिनोद धिताल, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ र भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।


...

All Comments.......


Please Login/Register To Comments