भक्तपुर । एक सय ८४ औं विश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा शनिबार भक्तपुरको दरवार स्क्वायरमा फोटो कन्टेन इन फोटोवाल्क कार्यक्रमको उदघाटन गरिएको छ । भक्तपुरका पुराना फोटोग्राफर एवं मिडियाकर्मी केदार बनेपालीबाट कार्यक्रमको उदघाटन गरिएको हो । कार्यक्रम किपाग्राफी भक्तपुरको आयोजनामा भएको थियो । 
कार्यक्रम अन्तर्गत फोटो प्रतियोगिता पनि भएको छ । किपाग्राफीमा रहेर र वाहिरका गरी दुई विधामा फोटो प्रतियोगिता भएको जनाएको छ । कार्यक्रम अन्तर्गत आज दिनभर भक्तपुरका विविन्न ठाउँंमा घुमेर फोटो खिच्ने र खिचिएका फोटोहरुमध्ये प्रति फोटोग्राफर दुईदुई वटा आफूलाई उत्कृष्ट लागेका फोटोहरु इमेलबाट पठाउने बताएको छ । 
पठाइएको प्रतियोगीहरुमध्ये किपाग्राफीका प्रतिस्पर्धीमध्ये एक जना र अन्यमा पहिलो, दोश्रो र तेश्रो उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइयो । पठाइएको फोटोहरुमध्ये मूल्यांकन गरी आगामी शनिबार उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय भएको जनाएको छ ।  

...

All Comments.......


Please Login/Register To Comments