भक्तपुर, २ भाद्र । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस तथा कामरेड फिडेल क्याष्ट्रोको ९८ औं जन्म दिवसको अवसरमा ‘युवा र देशभक्ति विषयक वक्तृत्वकला प्रतियोगिता नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिवार कमलबिनायक वडा कार्यालयको सभाहलमा सम्पन्न भयो । 
वडामा रहेको ८ वटा विद्यालयका २९ जना विद्यार्थी सहभागी भएको कार्यक्रममा पारागनका एन्जेल खड्का प्रथम, जेन्युइनका आभा याकामी द्धितीय, स्कलर होमका रंजिता चित्रकार तृतीय र माउण्ट भ्यालीका अंकिता श्रेष्ठ सान्त्वना हुन सफल भएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले जीवनको सबभन्दा सकृय अवस्था भनेको युवा भएको बताउँदै उमेर भन्दा महत्वपूर्ण परिवर्तनशील विचार बोक्ने युवा हो भन्नुभयो । उहाँले युवा अवस्थामा जति काम अरु अवस्थामा गर्न नसक्ने भएकोले युवा अवस्थालाई क्रियाशील बनाएको उदाहरण माक्र्स एँगेल्सले तीस बर्षमा कम्युष्टि घोषणापत्र लेख्नु भएको बताउँदै अरुबाट सिक्ने भनेको यहि हो भन्नुभयो । उहाँले फिडेल क्याष्ट्रोल असी बर्षमा पनि नयाँ विचार बोकेकोले युवा भन्ने गरेको बताउँदै राजाको वकालत गर्ने पुरानो विचार बोक्ने युवा हुनै नसक्ने बताउनुभयो । विलक्षयण प्रतिभाका धनी वीरहरुको माझबाट उदय भएका क्याष्ट्रो इतिहासमा शिलापत्रमा नाम लेखाउन र शालिकको निर्माण गराउन सफल हुने भनि जनताको निम्ति काम गनराउन प्रोत्साहन गरेपछि क्युवाका तानाशाही, निरंकुश बाटिष्टा सरकार विरुद्ध तेतीस चौतीस बर्षमा क्रान्ति सफल पारेको बताउनुभयो । उहाँले साठी दसक अमेरिकी नाकाबन्दी बाबजुद देशलाई आत्मनिर्भर बनाई विश्वको राम्रो कृषि, शिक्षा र स्वास्थ्य भएको देशको रुपमा चिनाएको बताउनुभयो । उहाँले चेग्वेभारा अन्तर्राष्ट्रियवादी नेता युवा अवस्थामा नै क्रान्तिमा सहभागी भएको बताउनुभयो । 
कार्यक्रममा निर्णय ख्वप कलेज अफ ईन्जिनियरिङ्गका प्राचार्य एवम् निर्णायक सुनिल दुवालले देशभक्ति र राष्ट्रवादमा फरक रहेको बताउँदै भारत हिन्दु बाहेक अरुको नभएको मोदिको यो विचार अति राष्ट्रवाद भएको बताउनुभयो । उहाँले नेवार मात्र ठिक अरु बेठिक भन्नु वा नेपालीहरु मात्र ठिक अरु बेठिक भन्नु अन्ध राष्ट्रवाद हो भने देशको सार्वभौमिकता, भुअखण्डता रक्षाको संघर्ष गर्ने, न्याय, स्वतन्त्रको लागि लड्ने देशभक्ति हो भन्नुभयो । उहाँले कम्युनिष्टहरु अन्तर्राष्ट्रिवादी हुने बताउँदै डा.चेग्वेभारा अर्जेन्टिनामा जन्मेर क्युवाका क्रान्ति गरेर बोलिभियामा क्रान्तिमा शाहदत्त प्राप्त गर्नु भएकोले चेग्वेभारा अन्तर्राष्ट्रियवादी हो भन्नुभयो । उहाँले बुद्धले भन्नुभए झै सुनेको देखेको मात्र सत्य नहुने त्यसलाई आलोचनात्मक दृष्टिकोणले हेर्नुपर्ने बताउँदै भक्तपुरबाट काठमाण्डौं महानगर लगायतले सिक्न खोजि रहेको अवस्थामा भक्तपुरको चर्चा नहुन तर काठमाण्डौंको चर्चा हुनु सामजिक सञ्जालले दिग्भ्रमित पारेको बताउनुभयो । उहाँले बत्तिमुनि अँध्यारो भने झै भक्तपुर नेपालको शौचालय भनेर चिनिने शहरलाई अग्रजहरुले विश्वको सफा शहर र शिक्षा, स्वास्थ्यमा नमुना बनाईसक्दा पनि अग्रजहरुको योगदान नयाँपुस्ता माझ नपुग्दा उदाहरणीय व्यक्तित्वमा चर्चामा नआउनु ख्वपको पहिचान विद्यालयले राम्रोसंग अध्ययन नगराएकोमा दुःख व्यक्त गर्नुभयो । 
कार्यक्रम १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनकवि चन्द्र बहादुर उलकले पनि बोल्नु भएको थियो । 
 

...

All Comments.......


Please Login/Register To Comments