काठमाडौं । काठमाडौको तीनकुने सुविधानगर पहिलाको कान्तिपुर पत्रिकाको कार्यालय नजिकै आकर्षक प्रवेशद्धार तयार भएको छ । प्रवेशद्धारको शनिबार एक कार्यक्रमवीच काठमाडौं महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष नवराज पराजुलीले गरे । 
झण्डै २२ लाख ५० हजारको लागतबाट प्रवेशद्धार बनेको कार्यक्रममा जनाइयो । त्यसका लागि काठमाडौं महानगरपालिका वडा नं ३२ ले सहयोग गरेको कार्यक्रममा जनाइयो । साथै अपुग रकम स्थानीबाट चन्दा संकलन गरिएको जनाइएको छ । 
एकीकृत उपभोक्ता संघ सुविधानगर काठमाडौं महानगरपालिका वडा नं ३२ ले प्रवेशद्धार बनाउन लगाएको हो । संघका अध्यक्ष उज्वल केसीले झण्डै ६ महिनापछि प्रवेशद्धार निर्माण सम्पन्न गर्न सफल भएको जनाए । प्रवेशद्धार निर्माणको लागि स्थानीयसँंग चन्दा माग गरेको र यस क्रममा शिलालेखमा नाम पनि समावेश गरिदिने बचन दिएको उनले सम्झे । तर वचन अनुसार नाम समावेश गर्न नसकेको भन्दै उनले सार्वजनिक रुपमा क्षमा मागे । विशेष कारणले नाम समावेश गर्न नसकेको उनले जनाए । दाताहरु प्रतिव्यक्ति एक लाखसम्म नै सहयोग गर्नेहरु रहेको कार्यक्रममा उनले जानकारी गराए ।  
प्रवेशद्धारको उदघाटन गर्दै काठमाडौं महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष नवराज पराजुलीले मैले भन्दा पनि हामी सवैको सामूहिक प्रयासबाट जुनैकाम सफल हुने बताए । मको अहम कसैलाई पनि नलिन आग्रह गर्दे उनले यदि कसैले म, मैले भनेर अहमता देखाए त, तिमी नै गर भनेर छोडिदिनु पर्छ । 
कार्यक्रममा उनले यस्ता आकर्षक प्रवेशद्धारले वडाकै आकर्षण थपेको बताए । यसकारण वडाले यस्तो कामलाई प्राथमिकता दिएको उनले बताए । 
कार्यक्रमको सञ्चालन संघका सचिव गणेशप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा प्रवेशद्धार बनाउन सहयोग गर्नेहरुलाई धन्यावद पत्र पनि वितरण गरिएको थियो । कार्यक्रममा पूर्व वडा अध्यक्ष, वडा सदस्यहरु, स्थानीयहरु सहभागी भएका थिए । 

...

All Comments.......


Please Login/Register To Comments