भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दुई सय २१ जना फरार फरार भएकोमा २७ जनाको खोजी कार्य अझै जारी छ । कुल फरारमध्ये एक सय ९४ जना पक्राउ परेका छन् । यस हिसावले हालसम्म अझै २७ जना फरार अवस्थामा छन् । 
फरारहरुको खोजी कार्य निरन्तर जारी छ, भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले भने, आज रातभरि उनीहरुको पक्राउका लागि अपरेशन हुन्छ । 
आइतवार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएको थियो । बेहोस भएपछि अस्पताल लगिएका उनी उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि आफन्तले हिजो आइतबार पनि बाल सुधार गृहको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा आइतबार पनि स्थिति तनावपूर्ण बनेको थियो । 
बालसुधार गृहभित्र रहेका थुनुवाले बन्दीगृह प्रशासन विरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्कन खोजेपछि सोमबार दिउसो सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो । गोली प्रहार गरेपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका थिए । सुधारगृहले आइतवार बिहान परिवारलाई मृत्यु भएको खबर दिएको भए पनि मृत्युको कारण पुष्ट्याई थाहा हुन नसकेको भन्दै आफन्त र कैदीबन्दी आक्रोशित छन् । 

...

All Comments.......


Please Login/Register To Comments