भक्तपुर । साझा पार्टी भक्तपुरले लकडाउन सुरु भएदेखिनै विभिन्न राहतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । स्थानीयस्तरमा ज्यालादारी गर्ने मजदुर र विपन्न वर्गको पहिचान गर्दै निरन्तर राहत वितरण गरिरहेको साझा पाटीले यसअघि पनि भक्तपुरका विभिन्न ठाउँमा निशुल्क खाना वितरण गरेको थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) विरुद्ध जुधिरहेका विपन्न परिवारलाई जिल्लामा “साझा पार्टी दुखको साथी ” नामक अभियान मार्फत विभिन्न अप्ठ्यारोमा परेकालाई सहयोग गरिरहेको छ । ज्यालादारी गरी जीवन निर्वाह गर्ने बिपन्न  नौँ परिवारलाई शनिवार राहत वितरण गरिएको हो  । भक्तपुरको ब्रह्मायणी ५ मा रहेका विपन्न परिवारलाई  दैनिक उपभोग्य सामाग्री (चामल, दाल, नुन, तेल र सावुन) वितरण गरिएको साझा पार्टी भक्तपुरका संयोजक सुरज प्रधानले जानकारी दिनुभयो ।
हालसम्म ५ सय भन्दा बढी अतिविपन्न, असाहय र ज्यालादारी मजदुरलाई राहत प्रदान गरिएको संयोजक प्रधानले जानकारी दिए । उनँका अनुसार पहिलो चरणमा १० दिनलाई पुग्नेगरी राहत वितरण गरिएको छ । राहत वितरण कार्य जारी रहेको र जो कोहीलाई कोभिडका कारण समस्या परेको,सबै परिवार क्वारेन्टीनमा रहेको र अत्यावश्यक औषधीको अभाव रहको भए  साझा पार्टी सहयोग गर्न तयार रहेको उनले बताए ।

...

All Comments.......


Please Login/Register To Comments