मध्यपुर ठिमी, भक्तपुर शिक्षा, संस्कृति र संस्कारको त्रिवेणीको रूपमा रहेको तथा एक विद्यार्थी एक सिपको अवधारणामा प्रगतिशील शिक्षा प्रदान गरिरहेको नेपालको शैक्षिक विकासको नायक विनायक शिक्षा निकेतून ई. स्कुल मध्यपुर ठिमी भक्तपुरले शैक्षिक सत्र २०७९ सालको SEE परीक्षामा उत्तीर्ण विद्यार्थीहरू तथा मध्यपुर ठिमी नगरपालिकाद्वारा खेलकुदको विकासका लागि आयोजित मध्यपुर ठिमीव्यापि अन्तरविद्यालयस्तरीय फुटवल प्रतियोगितामा प्रथम भई स्वर्णपदक प्राप्त गर्न सफल विनायकका विद्यार्थीहरूको सम्मानमा यही - २०८० भाद्र ९ गते शनिवारका दिन विदाई, बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गयो । मध्यपुर ठिमी नगरपालिकाका उप-प्रमुख विजयकृष्ण श्रेष्ठकाे प्रमुख आतिथ्यता तथा मध्यपुर ठिमी नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्ट, पूर्व ANFA को उपाध्यक्ष, पूर्व नेपाली फुटवल टिमका कप्तान तथा मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह तथा विद्यालयका प्रिंसिपल सुरेन्द्रविक्रम प्रजापतिको आतिथ्यता रहेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यालयका संस्थापक गणेशराम लाछीको सभापतित्वमा सञ्चालन भएको थियो। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले सञ्चालन गर्नुभएको र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पस्किएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा, विधालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शब्दका माला लगाई उपस्थित सम्पूर्ण अतिथि लगायत विद्यार्थी अभिभावकहरुलाई स्वागत गर्दै विद्यालयको शैक्षिक, अतिरिक्त क्रियाकलापको क्षेत्रमा दिएको योगदान, विनायकका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरिरहेका तथा विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि गर्दैआएका गतिविधिको चर्चा गर्दै विद्यालयले समयानुकुल स्तरीय तथा प्रगतिशील शिक्षा प्रणालीको मान्यता अनुसार शिक्षा प्रदान गरिरहेको बताउनु भयो। कार्यक्रममा अतिथिहरू उपेन्द्रमान सिंह तथा ज्ञानेन्द्र भट्ट एवम् प्रमुख अतिथि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले विनायक शिक्षा निकेतनले खेलकुद, अतिरिक्त क्रियाकलाप तथा शैक्षिक क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्दै अझ समयानुकुल र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल होओस तथा यहाँबाट SLC तथा SEE उत्तीर्ण विद्यार्थीहरू, राष्ट्रनिर्माण र विकासका क्षेत्रका र सक्रियरूपमा लागिपर्ने सच्चा राष्ट्रका सपूत बन्न सफल होऊन् भनी शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा शैक्षिक सत्र २०७९ सालको SEE परीक्षामा GPA 4 ल्याउन सफल विनायकी छात्रा सुश्री कृतिका श्रेष्ठलाई नगद पुरस्कार रु १ लाख सहित ट्रफि र सर्टिफिकेटद्वारा सम्मानित गरिएको थियो भने २०७९ सालको मध्यपुर युथ एसोसिएसन र मध्यपुर ठिमी नगरपालिका द्वारा आयोजित अन्तरविद्यालयस्तरीय फुटवल प्रतियोगितामा प्रथम भई स्वर्णपदक प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान गर्दै जर्सीसमेत प्रदान गरिएको थियो। ।...

All Comments.......


Please Login/Register To Comments