भक्तपुर । भक्तपुर विकास सहयोग संघको २९ औं वार्षिक साधारण सम्पन्न भएको छ । सभाबाट राजुमृगेन्द्र जोशी अध्यक्षमान चुनिएका छन् । सघको वरिष्ठ उपाध्यक्षमा धर्मभक्त बल्ल
,उपाध्यक्षमा गजेन्द्रबहादुर भुजु, महासचिवमा प्रा.डा.माला मल्ल, कोषाध्यक्षमा विदुरचरण राय, सचिवमा राम सैंजु, सहकोषाध्यक्षमा अमृतप्रसाद कायष्ठ निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यहरुमा 
किरणराज सुवेदी, निमा कर्माचार्य, राजन श्रेष्ठ, मन्जित मल्ल चुनिएका छन् । वरिष्ठ सल्लाहकारमा रत्नसुन्दर सैंजु, सूर्यप्रसाद श्रेष्ठ र प्रा.डा.सर्वज्ञभक्त मल्ल चुनिएका छन् । त्यस्तै सल्लाहकारहरुमा 
इ.हरिश्रेणीलाल श्रेष्ठ, मोहन श्रेष्ठ, प्रा. कोमलवदन मल्ल, उत्तम मल्ल, कृष्णलाल प्रधान, प्रा.शिवप्रसाद मुनंकर्मी, भरत जंगम, विजयशंकर प्रधानाङ्ग, राजेश शिल्पकार चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत उत्तम मल्लले प्रमाणपत्र वितरण गरेर वधाई दिँदै सफल कार्यकालको कामना गरे । यसअघि संघको २९ औं वार्षिक साधारण सभाको प्रमुख अतिथि पूर्व प्रमुख निर्वाचन आयुक्त तथा संयुक्त अधिराज्य बेलायतका पूर्व राजदूत सूर्यप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा.सर्वज्ञभक्त मल्ल, पूर्व अध्यक्ष कृष्णलाल प्रधान र संघका आजीवन सदस्य ओम धौभडेललगायतले बोलेका थिए भने कार्यक्रमको सभापतित्व निर्वतमान अध्यक्ष राजाराम जोशीले गरेका थिए ।
कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष राजुमृगेन्द्र जोशी तथा उनका दाई राजेन्द्रकृष्ण जोशीले आफ्ना स्वर्गीय मातापिता रत्नेश्वरी र रामकृष्ण जोशीको स्मृतिमा विभिन्न दुई विधामा वार्षिक जनही ५१ हजार रुपैयाँ प्रदान गर्ने गरी १० लाख २० हजार रुपैयाँको अक्षय कोष स्थापना गरे । यसैगरि अन्य अक्षयकोष स्थापना गर्न कृष्णलाल प्रधानाङ्गले १ लाख २३ हजार ४५६, धर्मभक्त बल्लले १ लाख ५१ हजार, मन्जित मल्लले १ लाख २३ हजार ४५६, प्रा.डा.माला मल्लले १ लाख १ हजार १०० र प्रचण्डमान मल्लले १० हजार रुपैयाँ संघलाई प्रदान गरेका छन् । संघको भवन निर्माण अक्षय कोषको लागि निर्वतमान अध्यक्ष राजराम जोशीले १ लाख १ रुपैयाँ प्रदान गरे । भक्तपुर विकास सहयोग संघले भक्तपुरको सांस्कृतिक र सामाजिक विकासको क्षेत्रमा विगत ३२ वर्षदेखि काम गर्दै आएको जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments