संगम लामा 
काठमाडौं । नेपाल आइटीएफ तेक्वान्दो महासंघका केन्द्रीय सचिब रुपसिंह मोक्तान अन्तर्राष्ट्रिय पाँचौ डानकाे परीक्षामा सफल हुनु भएको छ। काजखस्त्तानमा जारी आइटीएफ तेक्वान्दो बिश्व च्याम्पियनसिपमा नेपाली टोलिका प्रशिक्षकसमेत रहेका मोक्तान पाँचौ डान परिक्षामा सफल भएकोे हो।नेपाली टाेलीका प्रशिक्षक मोक्तानले च्यापियनसिपकै क्रममा कजाखस्तानको आस्तानामा भएको ग्रेडिङ परीक्षा दिएका थिए ।परिक्षामा प्यार्टन,पावर ब्रेकिङ र स्पाइरिङ टेक्निक लगायतमा सफलता प्राप्त गरे संगै ऊनी परिक्षा सफल भएको हो।बिश्व आईटिएफ तेक्वान्दो महा संघका कार्यकारी सदस्य एब रेफ्री तथा टेक्निकल कमिटीका सह-संयोजक ग्रान्ड मास्टर राजेन्द्रन बलान्को टिमले परिक्षा लिएका थिए ।मोक्तान रामेछाप आईटिएफ तेक्वान्दोका संस्थापक समेत हुन।उनै सक्रियतामा रामेछापको गाल्पामा आईटिएफ रास्ट्रिय एकेडेमीका साथै तेक्वान्दो खेलकै संस्थापक स्व. जनरल हङ्हीको पुर्ण कद्को सालिक निर्माण गरिएको छ।...

All Comments.......


Please Login/Register To Comments