काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौँमा उपत्यकामा ७२४ सहित देशभर एक हजार २०७ कोरोना सङ्क्रमित थपिएका छन्। कूल १० हजार
१९ नमूना परीक्षणका क्रममा ७९६ पुरुष र ४११ महिलामा सङ्क्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७१ हजार ८२१ पुगेको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ सङ्क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।

कुल सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामा छन्।
उपत्कायका तीनै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ५०० बढी छ।
मोरङमा ७८, रुपन्देहीमा ७३, बाँकेमा ३०, दाङमा २८, पर्सामा २४, सुनसरीमा २३, मकवानपुर र काभ्रेपलाञ्चोकमा १७र१७, डोटी र सिन्धुलीमा १५र१५ तथा अछाममा १३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै चितवनमा १२, सप्तरीमा ११, नवलपरासी र कास्कीमा १०र१०, बर्दिया, रामेछाप, धादिङ र झापामा सातरसात, रोल्पा र रौटहटमा छरछ, दार्चुला, प्यूठान र गुल्मीमा पाँचरपाँच, स्याङ्जा, तनहुँ, सिन्धुपाल्चोक, सर्लाही, बारा र धनुषामा चाररचार, पाल्पा, कपिलवस्तु र गोरखामा तीनरतीन, बझाङ, अर्घाखाँची, नुवाकोट र भोजपुरमा दुईरदुई, सल्यान, कञ्चनपुर, बैतडी, नवलपरासी पूर्व, लमजुङ, बाग्लुङ, दोलखा, सिरहा, महोत्तरी, सोलुखुम्बु र उदयपुरमा एकरएक सङ्क्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा एक हजार १४७ जना कोरोना निको भएका छन्। कोरोना सङ्क्रमण निको हुने दर ७३.८ प्रतिशत पुगेको छ। अहिलेसम्म ५३ हजार १३ जना कोरोना मुक्त भएका छन्।

देशभर १८ हजार ३४१ सक्रिय सङ्क्रमित रहेका छन्। तीमध्ये १० हजार ५०८ होम आइसोलेनस र सात हजार ८३३ संस्थागत आइसोलेनसमा छन्। छ हजार ३३१ जना क्वारेन्टिनमा छन्।

हालसम्म नौ लाख ७८ हजार २०४ वटा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

जटिल बिरामी बढ्दै

पछिल्ला केही दिनयता जटिल कोरोना सङ्क्रमिते सङ्ख्या बढेको छ । शनिबारसम्म २४४ को आइसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
बाग्मती प्रदेशमा १२१, प्रदेश ५ मा ४४, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, प्रदेश १ मा १५ र गण्डकी प्रदेशमा ६ जनाको आइसियूमा उपचार भइरहेको छ।
यस्तै बाग्मती प्रदेशमा २३, प्रदेश ५ मा तीन र प्रदेश १ मा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन्।

आठको मृत्यु

पछिल्लो २४ घन्टामा आठ पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

काठमाडौँका दुई, सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एकरएक जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४६७ पुगेको छ।
कुल सङ्क्रमिते ०.६५ प्रतिशतको ज्यान गएको छ। राससको सहयोगमा

...

All Comments.......


Please Login/Register To Comments